
सुनाखरी न्युज/ काठमाडौं।
ट्रान्स हिमालय एडभेन्चरको पहिलो संस्करण चैतको १९ गतेदेखि सुरु हुने भएको छ । नेपाल अटो मोबाईल एसोसियसनको मोटरसाईकल र टुरिङ कमिसनको संयुक्त आयोजनामा हुने कार्यक्रम चैतको १९ देखि २३ गतेसम्म सञ्चालन हुने भएको हो ।नेपाललाई विश्वकै मोटर स्पोर्टस्को गन्तव्य बनाउने अभियानमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना हुने कार्यक्रममा काठमाडौंदेखि पोखरा, जोमसोम,पोखरासम्म मोटरसाई कलटुरिङ र्याली हुनेछ ।
कार्यक्रमको दौरान बन्दीपुर, पोखरा, घान्दु्रक, वाग्लुङ्ग, तातोपानी, रुप्से,झरना, लेते कागबेनी, मार्फा, धुम्बाताल, जोमसोम, मुक्तिनाथ, लुम्ले र कुस्माको फोटोग्राफी, भिडियोग्राफी सहित सेफ्टी राईडिङ्ग सम्वन्धित जनचेतनामुलक कार्यक्रम समेत हुनेछ ।
जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्टहन्ट सम्बन्धि विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ । राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसनको सहयोग तथा गण्डकी अटोमोबाईल्स एसोसिएसनको प्राविधिक सहयोगमा हुने कार्यक्रम पोखरामा हुने मोटो इन्डुरो च्याम्पियन सिपमा आएर समापन हुनेछ ।
कार्यक्रम संयोजक अनिल कुमार बरालले ट्रान्स हिमालय एडभेन्चरले नेपाली खेलकुद तथा पर्यटनमा छुट्टै पहिचान बनाउने बताए। ‘ राष्ट्रिय खेलकुद परिषद्ले नेपालको साहसीक तथा पर्वतीय खेलकुदमा लिएको चासो दिगो खेल पर्यटनको आधार बन्ने विश्वास देखिएको छ ।’उनले भने ।