२०८३ जेठ १० , आइतवार

राष्ट्रपतिद्वारा राजदूतलाई सपथ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको सपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय, महाराजगञ्जमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई सपथ गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।  रासस