
सुनाखरी न्युज/ काठमाडौँ ।
नेपाल अटो मोबाईल्स् एसोसिएसनको आयोजनामा हिजो मिति २० फागुन२०८० का दिन Train the Trainer on Karting Slalom सम्बन्धि तालिम सम्पन्न भएको छ । विगत लामो समयदेखी मोटरस्पोटस्को कार्टिब विधामा संलग्न २० जना मार्शलहरुलाई हिमालयन मोटरल्याण्ड धुलीखेलमा सो तालिम प्रदान गरिएको हो ।
अन्तराष्ट्रिय अटोमोबाईल महासंघ (एफआईए) का एशिया प्यासिफिक स्पोर्टस्को अर्डिनेटर विजिथा विजेमान (श्रीलबका) सैधान्तिक र प्रयोगात्मक (theory रpractical)सहितको सो तालिम प्रदान गरेका थिए ।उक्त तालिममा मूलतः karting को ईभेन्ट व्यवस्थापन, ट्रयाक डिजाईन,मार्शल व्यवस्थापन र फ्लयाग बारेडेमो सहितको प्रशिक्षण दिएका थिए साथै प्रशिक्षक विजेथालेमार्शहरुलाई यस खेलको चुनौती र युवाहरुमा यस खेलको लोकप्रियता बारे मार्शल तथा एसोसिएसन तथा क्लबहरुले ध्यान दिन कति आवश्यक छ भन्ने कुरा समेत अवगत गराएका छन्।उक्त तालिममा सबै सहभागीहरु स्वयंले ट्रयाक निर्माण कार्य समेत गरेका थिए ।
सबै वर्गका, सबै उमेर समुहका र साना बालबालिका समेतले खेल्न मिल्नेकार्टिब मोटरस्पोर्टस्(Motorsports) अन्तर्गत पर्ने एक लोकप्रिय विधा पर्छ । यस संघले विशेषगरी कलेजका ३ सय विद्यार्थीहरुलाई यस वर्षKarting Slalom खेलमा दक्ष खेलाडी तयार गर्ने उद्येश्य समेत रहेको जानकारी समेतसोही कार्यकममा गराईयो ।यस संघका कार्यकारी निर्देशक गोविन्द भट्टराईले आगामी महिना देखीसातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा कलेजका विद्यार्थीहरुलाई लक्षित गरी कार्टस्तालिम दिने कुरा बताए ।
संघका सचिव तथा मोटरसोर्टस्कमिसनका प्रमुख सन्तोष लेन्याैपानेले सोतालिमको संयोजन गर्दै आगामी दिनहरुमा यो खेललाई विशेष प्राथमिकता साथतालिम र अन्य प्राविधिक पक्षहरुमा पहल गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै प्रतिस्पर्दा गर्न सक्ने दक्ष खेलाडीहरु उत्पादन गर्ने बताए ।धुलीखेल स्थित हिमालयन मोटरल्याण्डमा विगत ८ वर्षदेखी यस संघको आयोजनामा मोटर मोटरसाईकल तथा कार्टस्रेसिब हुदै आईरहेको छ ।जसमा विभिन्न वर्ग ,क्षेत्र र उमेरका खेलाडी समुहले सहभागीता जनाउँदै आएका छन्र प्राय सबैको चासोर रोमाञ्चाक साहसिक खेलभित्र पर्न सफल भएको छ ।