२०८३ जेठ १० , आइतवार

¥यालीक्रस र अटोक्रसको तालिम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल अटो मोवाइल्स एसोसिएसनको आयोजनामा हिजो फागुन १९गते अन्र्तराष्ट्रिय तथा राष्ट्रिय प्रशिक्षकहरुद्वारा ३६जना ड्राइभरहरुलाई ¥यालीक्रस र अटोक्रस सम्बन्धि तालिम दिएइको छ ।अन्र्तराष्ट्रिय अटोमोवाइल महासंघ (एफआइए)का एशिया प्यासिफिक स्पोर्टस् को अर्डिनेटर विजिता विजेमाने उपस्थीत यस तालिममा विभिन्न प्रशिक्षकहरुले सहभागीलाई ¥यालीक्रस र अटोक्रसमा ड्राइभरको भुमिका, दायित्व, ड्राइभीङ तरिका तथा ट्रयाकबारे थियोरिटिकलका साथै प्रयाक टिकल प्रशिक्षण गरेका थिए ।

श्रीलङ्कन प्रशिक्षक विजिता विजेमानले ¥यालीक्रस र अटोक्रसको परिचय, अन्र्तराष्ट्रिय चलन तथा नियमहरुका साथै नेपालमा अपनाउन मिल्ने तरिकाहरु र रेसमा प्रयोग हुने झण्डा र सिगनल बारेमा सहभागिलाई जानकारी दिएइको बताए ।नेपालका अन्र्तराष्ट्रिय रेसर आशिष भारतीले आफ्नो अन्र्तराष्ट्रिय प्रतिस्पर्धाको अनुभव बाढ्दै रेसमा उपयोग गर्न मिल्ने शिप र सुझाव पनि व्यक्त गरे । त्यस्तै एसोसिएसनका उपाध्यक्ष तथा अन्र्तराष्ट्रिय रेसर अनिलकुमार बरालले कुनै पनि रेसमा ड्राइभरमा हुनुपर्ने नैतिकता र अनुशासनको महत्वको र खेलाडीमा हुनै पर्ने स्पोर्टस्म्यान सिपको बारेमा प्रस्तुति राखे ।

यस कार्यक्रमका संयोजक तथा एसोसिएसनका सचिव सन्तोस प्रसाद न्यौपानेले ड्राइभीङ सेफ्टी गियर तथा इक्युमेन्टको बारेमा प्रस्तुत गरे ।यसै अवसरमा उपाध्यक्ष बरालले नेपालको मोटरस्पोर्टस् सम्बन्धि एकेडेमिक जर्नल बागमति प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीबाट विमोचन गरे ।

एफआइए ग्य्रान्ट प्रोगाम तथा बागमति खेलकुद विकास परिषदको सहयोगमा भएको यस तालिमको अन्तिम शत्रमा एफआइए एशिया प्यासिफिक स्पोर्टस् को अर्डिनेट र विजिता विजेमाने, बागमति प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्य लाल भण्डारी,खेलकुद विज्ञान प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद तिमिलसिना र नेपाल अटोमोवाइल्स एसोसिएसनमा अध्यक्ष दशरथ रिसालले खेलाडीहरुलाई सुभकामना दिएका थिए ।

त्यस्तै प्रशिक्षक तथा अफिसियलको निगरानीमा ललितपुरको मलपोखरीमा बनाइएको अस्थायी ट्रयाकमा रेसिङ सहितको प्रयाकटिकल सेशन पनि सम्पन्न भएको छ । त्यस सेशनमा सिनियर खेलाडीले रेसमा ड्राइभीङ तरिका बताउदै डेमो रेस पनि गराइएको बताए ।