
सुनाखरी न्युज/ काठमाडौं ।
उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धताका लागि अनुरोध गरेको छ ।
भेटघाटमा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि सामुहिक पहल गर्नुपर्ने धारणा राखे । उनले वर्तमान समयमा उद्योग व्यापार क्षेत्र सबैभन्दा बढी प्रताडित भएको वताउदै समस्या समाधानकालागि संस्थागत एकवद्धतता लागि आग्रह गरे । अध्यक्ष्ँ सुरानाले सरकार र नीजि क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गति लिने भएकाले दुवै निकाय वीच सकारात्मक सम्वन्ध विकास गर्न नीजि क्षेत्रका संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विचार राखे ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष्ँ पवन शारडाले मौजूदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि औद्योगिक क्षेत्रसंग सम्वन्धित व्यवसायीक संस्थाहरुको एकजुट हुनुपर्ने आवश्यकता औल्याए । उनले आर्थिक समृद्धिका लागि नीजि क्षेत्रको विकास अपरिहार्य रहेको वताए । आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि नीजि क्षेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामुहिक रुपमा गरी राज्यको ध्यानाकर्षण गर्नुपर्ने जोड अध्यक्ष्ँ शारडाले दिए ।
विराट ब्यापार संघका अध्यक्ष्ँ अंशु बन्जाराले ब्यापार व्यवसाय दयनीय अवस्थामा भएकाले यसको निकासको बाटो पहिल्याउने विषयमा विराट व्यापार संघ संस्थागत रुपमा सदैव तत्पर रहेको वताए । उनले समस्यै समस्याको भुमरीमा जेलिएका व्यवसायीक क्षेत्र वीचको आपसी सम्वन्ध थप प्रगाढ वनाउनु पर्नेमा जोड दिए ।संगठनका वरिष्ठ उपाध्यक्ष्ँ नन्द किशोर राठीले नीजि क्षेत्रको सवलीकरणका लागि सामुहिक रुपमा पहलगरी व्यवसायीक विकासको पक्षका सकारात्मक वातावरण वनाउनु पर्ने वताए ।
कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र विराट व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुका साथै महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।