२०८३ जेठ ११ , सोमवार

जसपाको मिथिला नगर समिति पुनर्गठन

Capture

सुनाखरी न्युज/जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको मिथिला नगर समिति पुनर्गठन भएको छ ।

धनुषाको मिथिला नगरमा भएको भेलाले रामनाथ महतोको अध्यक्षता २१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिका उपाध्यक्षमा दुखनी देवी महतो, रामलाल महतो सचिवमा बच्चेलाल यादव र कोषाध्यक्षमा मनमाया तामाङ चयन भएका छन ।

कार्यक्रममा केन्द्रीय राजनीतिक समिती सदस्य महाजन यादवको प्रमुख आतिथ्यता रहेको थियो भने भेलामा राजनितीक समिति सदस्य उर्मिला साह, केन्द्रीय सदस्य प्रमिला सिंहलगायतको उपस्थिती रहेको थियो ।