२०८३ जेठ ११ , सोमवार

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था द्धारा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एन.आई.सी.एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि माघ महिनामा कोशी देखि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखाहरु(अमही बेल्हा, गंज भवानीपुर, लक्ष्मीनीया, सखडा, कविलास, पाँचखाल, मिर्मी, सिरुबारी, चप्परगौडी, खजुरा, सानोश्री, बागचौर, छायाँक्षेत्र, बेलौरी, लालझन्डी, लम्कीचुहा र पाटन)मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत सो कार्यक्रमहरु सम्पन्न गरेको हो ।

हालको विषय परिस्थितिलाई मध्यनजर गरी स्थानीय जन प्रतिनिधी, भद्र भलाद्मीहरुको उपस्थितिमा, संस्थामा आवद्ध सदस्यहरु तथा गैर सदस्यहरुलाई दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यको लागिबचतको आवश्यकता, बचत गर्ने तरिका, कर्जाको सही सदुपयोगिता गर्ने तरिका, व्यवसाय व्यवस्थापन जस्ता विषयहरु समेटेर कार्यक्रमहरु संचालन गरेको थियो ।

यसबाट सहभागिहरुमा वित्तीय क्षेत्रका विविध विषयहरुमा ज्ञान हासिल भएको प्रतिक्रिया कार्यक्रमका सहभागिहरुले व्यक्त गरेका थिए । उनीहरुले यस कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान हासिल गर्न पाएको र यस्ता प्रकारका कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी समेत व्यक्त गरेका थिए ।

स्थानीय प्रतिनीधी तथा भद्र भलाद्मीहरुले यस्तो प्रकारको कार्यक्रम समय समयमा गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रम भएका शाखाहरुको कार्य क्षेत्र भित्रका करिब १३००जना दिदिबहिनीहरु र स्थानिय भद्र भलाद्मीको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । संस्थाले हाल २८७ ओटा शाखा कार्यलयहरु मार्फत वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।