
सुनाखरी न्युज/ काठमाडौं ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल र धनु आर्ट स्टुडियो, काठण्डौको संयुक्त आयोजनामा २०८० असोज १७ देखि २१ गतेसम्म दिक्तेल तथा नहरूमा केन्द्रितः नेपाल, , वंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान।. लातभिया, , दक्षिण कोरिया, अमेरिका, युक्रेन।
भियतनाम लगायत देशका करिब ४३ जना भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कलाकार ९चित्रकार० हरुको प्रत्यक्ष सहभागिता र हजारौं माझमा पहिलो चरणको “मुन्दुम अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला प्लेन एयर ” कार्यक्रम भएको थियो ।
सोहि कार्यक्रमको कलाहरु काठमाडौं स्थित नेपाल आर्ट काउन्सिलमा प्रदशनी मा राखिएको छ । फागुन ५ गते सम्मानिय राष्ट्रपति राम चन्द्र पौडेलले उदघाटन गरेका थिए । प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्र समावेश गरिएको छ । काठमाडौंको आर्ट काउन्सिलमा जारी प्रदर्शनी फागुन १७ गतेसम्म सञ्चालन हुने नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । ” खोटाङ अलि लुकिएको जिल्ला भएकाले देश विदेशमा चिनाउन हामिले मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदशनि आयोजना गरेका हौ ” , उनले भने ,” पर्यटन पर्वधनमा केहि फरक तरिकाले कार्यक्रम गरेकाले हामी गर्व मानिरहेका छौ ” ।
‘मुन्दुम’ हजारौं वर्षदेखि एक देखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको समग्र किरातीहरुमा प्रचलित मौखिक ज्ञान हो सरल भाषामा भन्नुपर्दा मुन्दुम भनेको किराती धामीहरुको मन्त्र हो । तर, दार्शनिक दृष्टिकोण, अनुभव, इतिहास तथा प्राग्इतिहास, भाषा, साहित्य, संस्कृति, भूगोल, गीत-संगीत, पर्यावरणीय ज्ञान जस्ता महत्वपूर्ण कुराहरुको मूल स्रोत भएको हुनाले नेपाली समाजको भव्य बौद्धिक सम्पदा पनि हो मुन्दुम । मुन्दुमका आधारमा किराती समाज सञ्चालन हुने हुनाले यसलाई सामाजिक संविधानु पनि भन्न सकिन्छ ।
त्यस्तै ‘मुन्दुम’ समग्र किराँतीको आस्था एवं विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत तथा आधार पनि रही आएको छ त्यस्तै यो पर्ने हुनाले यहाँको समग्र कला, साहित्य, संस्कृति आदिमा ‘मुन्दुम’ को प्रभाव रही आएको छ। दिक्तेल क्षेत्रलाई सोलुखुम्बु, खोटाङ, उदयपुर, भोजपुर लगायत जिल्लामा बसोबास गर्ने हालका किरात राईहरुको प्राचीन साझा बसोबास क्षेत्र मानिने भएकोले पुख्यौली थलोका रुपमा अहिले पनि मुन्दुममा सम्मानपूर्वक नाम पुकार गर्ने गरिन्छ ।