२०८३ जेठ ११ , सोमवार

नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लि.को ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लि.को ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा मिति २०८०/११/०६ मा अध्यक्ष प्रेमबहादुर श्रेष्ठज्यूको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठज्यूको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोक, ललितपुरमा भर्चुअल माध्यम भिडियो कन्फरेन्स जुम मार्फत सम्पन्न भयो ।

सभामा शेयरधनीहरूको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा विगतमा इण्डियन आयल कर्पोरेशन लि. (IOC) बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको साथै यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल भएकोमा आ.ब. २०७९/०८० मा बिक्री बृद्धि भएको सभालाई जानकारी गराए । साथै नयाँ रणनीतिक व्यापारिक साझेदार मार्फत बजारमा आउने सोचाई पनि रहेको बताए ।

त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आपूm तथा सञ्चालक समिति लागिपरेको बताउनु भयो र अव वार्षिकरुपमै साधारण सभा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत बृद्धि गरी बजारमा पठाउने गरिएको छ । यसैगरी बजारमा उठ्न नसकेको उधारो रकमहरू कानुनी प्रकृया अपनाई मुद्दाबाट सोको किनारा लागी पुराना रकमहरू उठ्ने क्रम जारी छ । सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिवद्दता जनाए पनि हालसम्म पुरा गर्न नसकि रहेको अवस्थाले गर्दा निर्माण कार्यले गति लिन नसकेको जानकारी  गराए  ।

साथै शेयरधनीहरूको तर्पmबाट डमरू बल्लभ घिमिरे र देवेन्द्र कोइरालाले मन्तब्य दिनु भएको थियो भने श्री घिमिरेले समय सापेक्ष बजारको मागअनुसार अगाडी बढ्नु पर्ने सुझाव दिए । त्यसैगरी उहाँले कम्पनीलाई अझ प्रभावकारी बनाई नयाँ सोचअनुसार अगाडी बढाउनुका साथै कम्पनीको काममा लगनशील भई कार्य गर्ने सम्पूर्ण कर्मचारी, कामदार तथा व्यवस्थापन समूहलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरी सभामा ३५% शेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्पmबाट अशोक कुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ यस उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भयो । त्यसैगरी स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकाश आचार्य चयन  भयो ।