
सुनाखरी न्युज/ काठमाडौं ।
द कोका–कोला फाउन्डेसनले वाटरएड नेपाल, गोदावरी नगरपालिका र सिआइयुडीसँगको सहकार्यमा गोदावरी नगरपालिका वडा नम्बर ६ मा अवस्थित कालिटार सस्टेनेबल वाश प्रोजेक्ट सफलतापूर्वक हस्तान्तरण गरेकोे छ । यस परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी पु¥याउने र मानिसहरूको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य राखेको जनाए ।
फागुन ३ गतेका दिन वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जन ज्युको हातबाट औपचारिक हस्तान्तरण समारोह सम्पन्न भएको थियो । साथै पूर्व अर्थमन्त्री तथा ललितपुर १ का प्रतिनिधी सभासासंद उदयशमशेर राणा ज्युले कार्यक्रमको प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो ।उक्त परियोजना मुख्य रूपमा तीनवटा प्रमुख उद्देश्यहरूमा केन्द्रित छ । पहिलो, यस क्षेत्रमा २ वटा इन्टेक जडान गर्ने, २ वटा रिजरभ्वोएर ट्यांकीको अपग्रेड गर्ने, २७६६ मिटर प्रसारण लाइन बिछ्याउने, १४८ घरधुरी र तीनवटा मन्दिरमा पानीको मिटर जोड्न ३७०२ मिटर पाइप जडान गर्दै यहाँको खानेपानी प्रणालीको बृहत् पुनःस्थापना गर्ने हो ।
यस परियोजनाको दोस्रो उद्धेश्य भनेको उक्त समुदायको सरसफाइ अभ्यासहरूमा परिवर्तन ल्याउने हो । अन्तमा, यहाँका प्रयोगकर्ताहरुको क्षमता वृद्धि गरी समुदाय भित्र स्वच्छ व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने हो ।२०१५ को विनाशकारी भूकम्पपछि लेलेका बासिन्दाले धेरै चुनौतीहरूको सामना गर्नु परेको थियो । धेरै पानीका मुहानहरु सुकेको थियो भने अव्यवस्थित सडक निर्माणले स्रोतहरूलाई थप हानि पु¥याउने पहिरो निम्त्यायएर स्थितिलाई झनै बिगारेको थियो । द कोका–कोला फाउन्डेसनले यस समुदायको लागि सुरक्षित पानीको पहुँचमा सुधार ल्याउनका लागि पूर्वाधारको पुनःनिर्माणमा सहयोग गरिरहेको छ । साथमा अर्को चरण स्वीकृति पाएर कोका–कोलाले यस क्षेत्रमा परियोजनालाई थप विस्तार गर्ने भएको छ ।
द कोका–कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गज्युले यस परियोजनाको लागि उत्साह व्यक्त गर्दै भन्नुभयो,“यो परियोजनाले हाम्रो दिगो समुदायहरू सिर्जना गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ । खानेपानीको पूर्वाधार विकास, सरसफाइ र सकारात्मक व्यवहार परिवर्तनलाई प्रवर्धन गरी हामीले समुदायको भलाइमा दिगो र अर्थपूर्ण प्रभाव पार्ने लक्ष्य राखेका छौँ । स्वच्छ पानी सामुदायिक स्वास्थ्यको लागि आधारभूत आवश्यकता हो र यसकालागि सकारात्मक परिवर्तन ल्याउने पहलहरू गर्न पाउँदा हामी गर्वको अनुभूति राख्दर्छौं ।”उक्त हस्तान्तरण कार्यक्रममा गोदावरी नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष विष्णु मान महर्जनज्युले कृतज्ञता व्यक्त गर्दै भन्नुभयो,“यस परियोजनाको सफलता र यसले हाम्रा बासिन्दाहरूमा सकारात्मक प्रभाव पारेकोमा म धेरै नै हर्षित छु ।द कोका–कोला फाउन्डेसन, वाटरएड र सिआइयुडीलाई यस अमूल्य योगदानकालागि म हाम्रो समुदायको तर्फबाट हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु । हामी भविष्यमा पनि कोका–कोला फाउन्डेसनबाट हाम्रो समुदायको लागि यस्तै सहयोगको अपेक्षा गर्दछौं।”
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व अर्थमन्त्री उदय शमशेर राणा ज्युले परियोजनाको प्रशंसा गर्दै भन्नुभयो, “हाम्रो समुदायमा सकारात्मक परिवर्तन ल्याउन द कोका–कोला फाउन्डेसन, वाटरएड र सिआइयुडीले गरेको पहलको म हार्दिक कदर गर्दछु । स्वच्छ पानी पिउन पाउनु नागरिकको मौलिक अधिकार हो र यस्ता पहलहरूले नै हाम्रो समुदायको कल्याणमा महत्वपूर्ण योगदान पु¥याउँछन् ।”
द कोका–कोला फाउन्डेसनले विश्वभरका समुदायहरूमा सकरात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ स्वच्छ पानीमा दिगो पहुँच, क्लाइमेट रेजिलियन्सको निर्माण, सर्कुलर इकोनोमीको प्रवर्धन, आर्थिक सशक्तिकरण र प्राकृतिक प्रकोपहरूमा राहत प्रदान जस्ता पहलहरु गर्दै आएको छ । जलस्रोतमा समुदायको पहुँच, प्रवर्धन, संरक्षण तथा बहु–उपयोगिका सुनिश्चित गनद कोका–कोला फाउन्डेसनको उद्देश्यहरूमा समर्थन जनाउँदै डब्लु डब्लु एफले पनि नेपाल सरकारसँग सहकार्य गरी वेटल्यान्ड निर्माण, खानेपानी पुनःपूर्तिमा सहयोग तथा स्थानीय समुदायको क्षमता अभिवृद्धिको उद्देश्य राखी दृढ रुपमा अगाडि बढ्दै गरेको छ ।