२०८३ जेठ ११ , सोमवार

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुर, नेपालमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ । कम्पनीको अत्याधुनिक फर्निचर फिटिङ्स नेपाली बजारमा प्रस्तुत गर्ने दिशामा एक प्रमुख कदममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यवसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरू उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । सो कार्यक्रमका प्रमुख अतिथि सोसाइटी अफ नेपालिज आर्किटेक्ट (सोना) का अध्यक्ष ईश्वर लाल जोशी रहेका थिए ।

३,००० स्क्वायर फिटभन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्दछ। यस एप्लिकेसन सेन्टरमा ग्राहकहरूले आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने जनएको छ।

उद्घाटनको बारेमा बोल्दै हेटिच इन्डिया, मध्यपूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक, आन्द्रे इकहोल्ट, ज्यूले भन्नुभयो, “हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्ताहरूलाई आफ्नो वासस्थानको फर्निसिङ्ग अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको छ । हेटिचको लागि नेपाली बजार निरन्तर रूपमा महत्वपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौं ।नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना हाम्रा व्यावसायिक साझेदारहरूसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । हाम्रो लक्ष्य हेटिच फिटिङलाई ग्राहकहरूले नयाँ शैली र रचनात्मक फर्निचरका विकल्पको खोजी गर्नेहरुका लागि गन्तव्यको रूपमा स्थापना गर्नु हो ।

हेटिचको बारेः
हेटिच,१३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हो। १.५ बिलियन यूरो भन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो फर्निचर फिटिङ्सको विश्वको सबैभन्दा ठूलो निर्माता हो। अत्याधुनिक फर्नीचर प्रविधि सिर्जना गर्ने चुनौतीको सामना गर्दै लगभग ८० देशहरूमा अवस्थित यस कम्पनीमा ८००० भन्दा बढी कामदारहरू आवद्ध छन् ।

हेटिचले भारत लगायत विश्वभरि यसको अत्याधुनिक उत्पादन क्षमताका कारण घरेलु र अन्तर्राष्ट्रिय बजार दुवैका लागि उच्च स्तरका सामानहरू उत्पादन गर्दै आएको छ। नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको हेटिच केही समय यता बजारकै अग्रणी बन्न सफल भएको छ।

हेटिचकोउत्पादनपोर्टफोलियोमा अत्याधुनिक जर्मन गुणस्तरबाट निर्मित फर्नीचर फिटिंग तथा हार्डवेयरको एक भण्डार समावेश छ, जसले सबै आवासीय र व्यावसायिक स्थानहरुको लागी समग्र फिटिंग समाधान प्रदान गर्दछ ।