
सुनाखरी न्युज/ काठमाडौं ।
आज २०८० फागुन २ गते माघ शुल्कपञ्चमी अर्थात् बसन्त पञ्चमी, यस दिन साना बालबालिकाहरुलाई अक्षरारम्भ गराइने प्रचलन रहेको सन्दर्भमा नेपाल वायुसेवा निगमको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई आफ्नो यात्रा खर्चमा थोरै भएपनि राहत पुगोस भनि २५ वर्ष उमेर सम्मका
विद्यार्थीहरुको लागि निगमले आफ्नो आन्तरिक उडानहरुको हवाई भाडादरमा २५ प्रतिशत छुट प्रदान गर्दै आइरहेको जानकारी गराए ।
उक्त सुविधाको लागि विद्यार्थी परिचयपत्र र जन्मदर्ताको प्रमाणपत्र सहित निगमको आन्तरिक टिकट विक्री कक्षमा सम्पर्क राख्नु पर्ने निगमले जनाए ।