
राजेश दिदिया ।
अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन बुटवलको मुटु मानिने ट्राफिक चोकमा म्युजिक कन्सर्ट हुने भएको छ ।स्थानीय सत्य साई कला केन्द्रका कलाकारहरूको सांस्कृतिक प्रस्तुति सहित कार्यक्रममा कालीप्रसाद बास्कोटाको विशेष म्युजिक कन्सर्ट हुने भएको हो ।
एड्स हेल्थ केयर फाउन्डेसनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा विगत लामो समय देखि लागु पदार्थ प्रयोग कर्ताहरूको हक हित र अधिकारका लागि काम क्रियाशीलता आस्था समूह बुटवल आस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना गर्न लागेको हो ।
असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवाहरूमा एचआइभी सङ्क्रमण बढेकाले कन्डमको प्रयोग गर्ने बानी विकास गर्न साङ्गीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको आयोजकले जानकारी दिए ।साङ्गीतिक कार्यक्रममार्फत युवाहरूलाई कन्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइटिस जस्ता सङ्क्रमण हुन नदिने उद्देश्यका साथ यो वर्ष बुटवलमा ओपन कन्सर्ट गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।
एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासङ्घ नेपाल (एनएपीएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट देशका विभिन्न स्थानमा हुँदै आएको छ जस अनुसार यो पटक बुटवलमा हुन लागेको हो ।पत्रकार सम्मेलनमार्फत कन्डम दिवसको अवसरमा म्युजिकल कन्सर्ट गर्न लगिएको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिनुभयो ।
युवा युवतिहरूलाई लक्षित गरेर कन्डमको प्रयोग तथा यसको फाइदाहरूको विषयमा जानकारी दिने उद्देश्यका साथ बुटवलको ट्राफिक चोकका भव्य कन्सर्ट हुन लागेको उहाँले जानकारी दिनुभयोआस्था समूह बुटवल र स्वाम्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थ केयर फाउन्डेसनको सहयोगमा ट्राफिक चौकमा दिउँसो ३ बजे देखि वपन कन्सर्ट हुन लागेको हो । कार्यक्रममा नेपालका चर्चित कलकार कालीप्रसाद बाँस्कोटाको विशेष प्रस्तुति रहने छ उहाँले बताउनुभयो ।
सार्वजनिक स्थलमा खुल्ला रूपमा आयोजना गरिएको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रूपमा एचआइभी परीक्षण तथा निःशुल्क कन्डम वितरणको कार्यक्रम रहेको एएचएफ नेपाल लुम्बिनी प्रादेशिक कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिनुभयो ।उक्त कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैंगीङ्ग तथा यौनिक अल्पसङ्ख्यक समुदायको फेस परेड कार्यक्रम समेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,स्वाम्य निर्देशनालय प्रमुख डा विनोद गिरी, स्वाम्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल लगायतको सहभागिता रहने छ ।
एएचएफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआइभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ । एएचएफ नेपालले सन् २०११ बाट कन्डम दिवस मनाउन थालेको छ । आस्था समूह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरूलाई टार्गेट गरेर विश्व कन्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।कन्डमलाई फेसनको रूपमा प्रयोग गरौँ भन्ने अवधारणका साथ कन्डम दिवसको आवसरमा नेपालका विभिन्न स्थानमा कन्सर्ट हुँदै आएको छ ।