
सुनाखरी न्युज/ काठमाडौं ।
विक्रम सम्वत् २०२४ सालमा स्थापित उद्योग संगठन मोरङले ५६ औं स्थापना दिवस मनाएको छ ।स्थापना दिवसको अवसरमा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ३५ युनिट रगत विराटनगर स्थित ब्लड वैंकलाई प्रदान गरेको छ ।
स्वर्णिम ईतिहासको जगमा स्थापित संगठनको ५६ औं स्थापना दिवको अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले संगठनका पूर्व अध्यक्षहरुले संगठनको श्रीवृद्धि पु¥याउनु भएको योगदानलाई स्मरण गर्नुभयो । उहाले पछिल्लो दिनमा संगठनले अध्ययन अनुसन्धानका आधारीत नीतिगत वहस पैरवीलाई जोड दिदै उद्यमशिलता प्रवद्र्धनको ईको सिस्टम विकासमा क्रियाशिल रहेको वताए ।
सोही अवसरमा अध्यक्ष सुरानाले उद्यमशिलता विकासमा आफनो भविष्य वनाउन चाहने आर्थिक रुपमा कमजोर लगनशिल र मेहनती एकजना विधार्थीलाई विराटनगरको डिग्री क्याम्पसमा एम.वि.ए अध्ययन गर्न पूर्ण स्कलरशिप प्रदान गर्ने घोषणा गरे ।उनले उक्त विद्यार्थीलाई संगठन अन्तर्गतको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रममा समावेश गरि उद्यमशिलता विकासका लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने वताए ।
संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले कुनैपनि संस्थाको गरिमा अभिवृद्धिमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने वताउदै संगठनको ओजसीलो ईतिहास निर्माणमा पूर्व अध्यक्षहरुले पु¥याउनु भएको योगदानको प्रशंसा गर । उहाले यस क्षेत्रको औद्योगिक विकास, लगानीमैत्री वातावरण निर्माणमा संगठनले विगत देखि पु¥याउदै आएको योगदानलाई आगामी दिनमा समेत निरन्तरता दिने विश्वास व्यक्त गरे ।
५६औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले ब्यापार संघ र संगठनले उद्योगी व्यवसायीहरुको राष्ट्रिय मुद्दाहरुमा सहकार्य गर्दै आएकोमा खुशी व्यक्त गर्दै अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
संगठनका कार्यसमिति सदस्य एवं ५६औं स्थापना दिवस कार्यक्रम आयोजना समितिका संयोजक जयेन्द्र शर्माले आर्थिक एवं औद्योगिक विकास प्रतिवद्ध संगठनको संस्थागत विकासमा सहयोग पु¥याउनु हुने सबैलाई धन्यावाद दिए ।
स्थापना दिवश अवसरमा आयोजित कार्यक्रममा संगठनका पदाधिकारीकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, मोरङ व्यापार संघ र विराट व्यापार संघका अध्यक्ष एवं पदाधिकारी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।