२०८३ जेठ १२ , मंगलबार

आयोग सदस्य उमाशंकरले लिए उपाध्यक्ष समक्ष सपथ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ समक्ष सदस्य उमाशंकरले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।केही समय अघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो । नव नियुक्त सदस्य उमाशंकरको सपथसँगै आयोगले पूर्णता पाएको छ ।

रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्या वारिधि (पिएडि) गरेका छन् । यसअघि पनि आयोगको सदस्य भइसकेका उमाशंकर स्वास्थ्य बीमा बोर्डको पूर्व अध्यक्ष समेत हुन् । उमाशंकर प्रध्यापन पेशामा समेत सक्रिय थिए ।