२०८३ जेठ १२ , मंगलबार

सञ्चालक समितिको एकता र सुशासनले सहकारी सफल हुन्छ – सदस्य योगी

Capture

सुनाखरी न्युज/ सुर्खेत ।
राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारीको सञ्चालक समितिको एकता र सुशासनले मात्र सहकारी सफल हुने बताउनुभएको छ ।

वीरेन्द्रनगरमा विहीबार जनहितकारी सहकारी संस्थाको नयाँ सञ्चालक समितिको सपथ ग्रहण एवम् पद हस्तान्तरण कार्यक्रममा सदस्य योगीले यस्तो बताउनुभएको हो । उहाँले अधिकांश सहकारीको सञ्चालक समितिमा एकता नहुँदा र सुशासन कायम गर्न नसक्दा बिग्रिएको बताउनुभयो ।

केही सहकारीका सञ्चालकका कारण सम्पूर्ण सहकारीको बदनाम भएको बताउँदै योगीले सहकारीलाई शुद्धीकरण गर्नका लागि सञ्चालक समिति आफैबाट शुरु गर्नुपर्ने बताउनुभयो ।यसैगरी कार्यक्रममा जनहितकारी सहकारीका नवनिर्वाचित अध्यक्ष नवराज कंडेलले सहकारीलाई अझै प्रभाकारी र सदस्यमुखी कार्यक्रमका साथ उत्कृष्ट संस्थाको रुपमा स्थापित बनाउने प्रतिवद्धता जनाउनुभयो ।

जनहितकारी सहकारीको अध्यक्षमा कंडेल

जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवराज कंडेलको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ । जसको खुला उपाध्यक्षमा तीर्थराज गिरी र महिला उपाध्यक्षमा राधा कार्की सर्वसम्मत चयन गरेको छ ।यसैगरी सचिवमा यामराज गिरी, कोषाध्यक्षमा संजय योगी चयन भएका छन् ।

यसैगरी खुला सदस्यहरुमा शान्ती भारती, रुवी आचार्य र हेमन्त कंडेल चयन भएका छन् । यसैगरी भूगोल नं. १ सदस्यमा सरस्वती पुरी, भूगोल नं. ३ सदस्यमा लक्ष्मी भुसाल, भूगोल नं. ४ सदस्यमा सरस्वती गौतम, भूगोल नं.। ६ सदस्यमा सौगात रावत र भूगोल नं। ११ सदस्यमा धर्मा सुवेदी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक मोति शर्माले नेपालगाथालाई जानकारी दिनुभयो ।

जनहितकारी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हिरालाल सुनार र सदस्यहरुमा घनश्याम बोगटी र सविा सिंह सर्वसम्मत चयन भएका छन् ।यो समतिसँगै जनहितकारीको नयाँ सञ्चालक समितिले पुर्णता पाएको छ ।