२०८३ जेठ १३ , बुधवार

एन आर एन एद्धारा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहका बीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगर प्रमुख कलरुद्दिन राई मार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनालाई बस हस्तान्तरण गर्नुभएको  छ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्षडा. केसीले ५० लाख भन्दा बढी नेपालीहरु विभिन्न बाध्यताले विदेशी नपरेको बताउनुभयो।उहाँले विदेशबाट दैनिक जस्तो १०देखि१२जनाको शव नेपाल आउने गरेको प्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको हितमा काम गर्दै आएको बताउनुभयो।उहाँले संघले विगत दुईदशकमा १ खर्बको लगानी र १अर्ब बराबारको परोपकारी काम गरेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगर प्रमुखक लरुद्दिन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेको प्रति खुसी व्यक्त गर्नु भयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रमण कुमार पोखरेल, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र सिंह ऐरलगायत स्थानीय सरकारी अधिकारीहरुको उपस्थिति थियो भने गैर आवासीय नेपाली संघका उपाध्यक्ष राम शरण सिम्खडा, ओशिनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल, हेमन्त काफ्ले आइसीसी सदस्य, सल्लाहकाहरु टिबी कार्की, भैरव ढकाल, भवानी ओली विधान संशोधन समितिका संयोजक, सन्तोष भट्टराई पूर्व युरोप क्षेत्रीय संयोजक र सत्य नारायण झा एन आर एन ए माल्टा उपाध्यक्ष, संघका प्रमुखकार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र, तिर्थ भट्टराई लगायतको विशेष उपस्थिति थियो।

सातै प्रदेशमा मोबाईल ब्लड बस सेवा संचालन गर्ने नीति अनुरुप गैर आवासीय नेपाली संघले यस अघि कोशी प्रदेश, मधेश प्रदेश, बागमती र शुदुरपश्चिम प्रदेश लगायतमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो।

 

 

 

 

 

 

रासस