२०८३ जेठ १३ , बुधवार

पुवाखोला–वान हाइड्रोपावर दवरा लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि LS Capital (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता-पत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना रहेको छ ।