२०८३ जेठ १३ , बुधवार

गण्डकी प्रदेश अटो मोवाइल्स एसोसिएसन स्थापना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल अटो मोवाइल्स एसोसिएसन (नासा नेपाल) मोटर, मोटर साइकल, काटर्स तथा पावर बोटिङ्ग सम्बन्धि स्पोर्ट, अटो मोवाइल मोबिलिटी, ड्राइभटुरिजम र सेफर मोबिलिटीसंग सम्बन्धित खेलाडी, प्राविधिक, अफिसियल, प्रमोटर तथा सुभचिन्तकहरुको राष्टिय संघ हो । हिजो माघ ८ गते यस एसोसिएसनको सतौँ प्रदेश संघको रुपमा गण्डकी प्रदेश अटो मोवाइल्स एसोसिएसन स्थापना भएको छ ।

शिव श्रेष्ठको अध्यक्षतामा गठित गण्डकी प्रदेश अटोमोवाइल्स एसोसिएसनमा ११ सदस्यि यतदर्थ समिति तथा चार सल्लाहकार समेत चयन गरिएको जनाए ।जसको उपाध्यक्षमा डिल्ली राज सुवेदी, खिम बहादुर ढकाल र दिप्रेन्द कोईराला, सचिवमा कपिल किरण श्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यमा क्रमशःओस्कार श्रेष्ठ,आशिक लाल चन, रविना श्रेष्ठ, दुर्गा गुरुङ रप्रिन्स श्रेष्ठ रहनु भएको छ ।

गण्डकी प्रदेश सभासदस्य प्रकाश बराल तथा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा लगायतको आतिथ्यमा भएको सो भेलामा अतिथिहरुल आफ्नो मन्तव्य राख्दै संघले अनुशासनमा रही खेलको मर्यादा र देशको नाम राख्ने र खेलकुदको माध्यमबाट गण्डकी प्रदेशको पर्यटनमा टेवा पु¥याउने आशा राख्दै नयाँ समितिलाई बदाई दिनुभयो ।

त्यस्तै नव गठित संघले डा. धु्रव थापा प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुमा भरतराज पराजुलि र नारायण प्रसाद शर्माका साथै मिडिया सल्लाहकारमा राम कृष्ण ज्ञवालीलाई चयन गरेको छ भने यस वर्ष तीन वटा कार्यक्रम समेत घोषणा गरेको जनाए । संघले गण्डकी प्रदेश खेलकुल परिषदबाट आज माघ ९ गते आवद्धता प्राप्त गरेको छ ।

कार्यक्रम पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार,केन्द्रिय उपाध्यक्ष अनिल कुमार बराल, सचिव विनोद तन्डुकार तथा कार्यकारी निर्देशक तथाँ FIA काउन्सिल सदस्य गोविन्द भट्टराई लगायत खेलकुद कर्मी,क्लवहरु, समाज सेवीहरु तथा शुभ चिन्तकहरुको उपस्थितिमा सम्पन्न भएको बताउनुभयो ।