
सुनाखरी न्युज/ काठमाडौं ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आफ्नो जारी पूँजीको ३० प्रतिशत हुन आउने २५,८०,००० कित्ता साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एन आइ एम बि एस क्यापिटल लिमिटेड र माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड बिच धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा सम्झौता गरिएको छ ।
उक्त शेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष अर्जुन प्रसाद पौडेल र एन आइ एम बि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले दुध कुण्ड खोलाको पानी प्रयोग गरी १२ मेगावाट क्षमताको दुध कुण्ड खोला जलविद्युत आयोजना निर्माण गर्दै आईरहेको छ । सोलुखुम्बु जिल्लामा अवस्थित उक्त आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको जनाए।
उक्त सम्झौता अन्तर्गत एन आइ एम बि एस क्यापिटल लिमिटेड द्वारा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने बताउनुभयो ।