२०८३ जेठ १३ , बुधवार

रुसी सेनामा फेरी एक नेपालीको मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ ।रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो ।

गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए ।

त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन ।मृतकको लाशको फोटोहरु प्राप्त भएपछि परिवारले मृत्यु भएको स्वीकार गरेको हो ।