२०८३ जेठ १३ , बुधवार

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

Capture

सुनाखरी न्युज / काठमाडौं ।
“ब्राण्डले गेल्जे शेर्पाको सपना बनेको नेपालको ८,१८८ मिटर अग्लो हिमाल चो यु आरोहणलाई समर्थन दिने प्रतिबद्धता जनाएको छ ।”जहिले पनि सामान्यको घेरा तोडेर उल्लेखनीय सफलता हासिल गर्न उत्प्रेरित गर्दै आएको ब्राण्ड माउण्टेन ड्यु, सफल आरोही गेल्जे शेर्पाको साथमा चो यु हिमाल(८,१८८ मिटर) आरोहण गर्ने उनको सपनालाई साकार पार्ने अभियानमा जुटेको छ ।

अधिक उचाईको हिमाली बाघको रुपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक हिमाल आरोही एवं पथप्रदर्शक हुन्, जसले ८००० मिटर उचाईका धेरै चुचुराहरु आरोहण गर्ने अभियानको पथप्रदर्शक भएर काम गरिसकेका छन् र २०१९ को प्रोजेक्ट पोसिबल टिमको उनी एक सदस्य पनि थिए, जसले नेपाली शेर्पा समुदायलाई गौरव र पहिचान दिलाएको थियो ।गेल्जे शेर्पाले “डेथ जोन”को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राख्दै अदम्य साहस, करुणा र बहादुरीका साथ उद्धार गरेर एक पर्वतारोहीको जीवन बचाएका थिए । आफ्नो हिम्मत र वीरता प्रदर्शन गरेर माउण्टेन ड्युको नारा “डरको अगाडी जित छ”जसरी उनले डरको सामना गरेका थिए, त्यसको लागि सम्मान दिंदै गेल्जे शेर्पालाई उनको यात्रामा माउण्टने ड्युले निरन्तर साथ दिने जनाए ।

इच्छा, आकाँक्षाहरुलाई वास्तविकतामा रुपान्तरण गर्ने र सीमितताका परिधिहरु तोड्नेहरुलाई उत्सवको रुपमा मनाउने ब्राण्डको प्रतिबद्धताले गेल्जे शेर्पाको सपना साकार बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दछ । माउण्टेन ड्युले नेपालबाट माउण्टेन चो यु आरोहण गर्ने गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको छ ।

गेल्जेले नयाँ उचाईहरु माथि जित हासिल गर्ने र नेपालका शेर्पाहरुलाई पहिचान दिलाउने लक्ष्य राखेका छन्, उनको यो लक्ष्यमा माउण्टेन ड्यु एक भरपर्दो सहयोगीको रुपमा उभिएर आकाँक्षाहरुलाई उल्लेखनीय उपलब्धिमा रुपान्तरण गर्न उनलाई साथदिने तथा शक्ति, सामर्थ र बहादुरीको पर्याय नेपाली शेर्पा समुदायलाई अझ फैलाउनमा मद्दत गर्न अग्रसर भएको छ ।पेप्सीको नेपालका एसोशिएट निर्देशक अनुज गोयलले भन्नु भयो “एक साहसी शेर्पा गेल्जे, जसले सगरमाथा र अनगिन्ती अन्य आरोहणहरुमा प्रदर्शन गरेको वीरतापूर्ण कार्यको कारण विश्वभर ख्याति कमाउनु भएको छ, वहाँसंग उभिन पाउँदा हामी अत्यन्त उत्साहित भएका छौं ।

गेल्जेजीको अतुलनीय बहादुरीलाई दर्शाउने डेथ जोनबाट एक पर्वतारोहीको वीरतापूर्वक गरिएको उद्धार कार्य, वास्तवमै माउण्टेन ड्युको भावनासंग पूर्णत मेल खान्छ । गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सक्रिय रुपमा हामीले साथ दिंदैछौं र यो अभियानमा हामी एक पर्वतारोहीलाई साथ मात्र दिइरहेका छैनौ, हामी अदम्य साहस, बहादुरी र बलियो जोशको प्रत्यक्षदर्शी पनि बनिरहेका छौं । वहाँको आरोहण यात्राले माउण्टेन ड्युले लिएको सीमाहरु तोड्ने र उल्लेखनीय सफलता हासिल गर्ने नाराको मर्म“किन भनें डरको अगाडी जित छ”लाई प्रतिबिम्बित गरेको छ ।”

आरोही गेल्जे शेर्पाले भन्नु भयो “म माउण्टेन ड्यु, एक त्यस्तो ब्राण्ड जसले सपनाहरु माथि जित हासिल गर्न अदम्य साहस प्रदान गर्दछ, त्यस्तो ब्राण्डबाट प्राप्त हुने निरन्तर साथको लागि आभारी छु । मेरो तर्फबाट माउण्टेन ड्युको साथमा म मेरो सपनालाई साकार पार्दैछु, र यो मेरो लागि मात्र होइन नेपाली समुदायको गौरवको लागि पनि हो । हिमालमा हाम्रो शक्ति र सामर्थलाई दर्शाउने हामी शेर्पाहरुको लागि एक महत्वपूर्ण यो एक उल्लेखनीय उपलब्धी हो ।”