२०८३ जेठ १३ , बुधवार

आफ्नै घर भक्तपुरमा मृत भेटिइन् सशस्त्रकी बक्सिङ खेलाडी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी थिइन्। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई मृत फेला परेकी छन्।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए। गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन् । यस्तै उनी नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन् ।