२०८३ बैशाख ३१ , बिहिवार

न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च परिसरमै आत्मदाहको प्रयास

Arati_Rawal

सुनाखरी न्युज / काठमाडौं ।

सर्वोच्च अदालतअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाह प्रयास गरेकी छन । श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी गिरीले न्यायको माग गर्दै आत्मदाहको प्रयास गरेकी हुन ।प्रहरीका अनुसार सर्वोच्च अदालत पुगेकी ती महिलाले आफूमाथि मट्टितेल छर्किएकी हुन्।

 

प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।‘न्याय कि मृत्यु ? बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएकी उनले शरीरमा ज्वलनशील पर्दाथ खन्याएर आत्मदाहको प्रयास गरेको बताइएको छ ।ती महिलाले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन्।

 

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो।श्रीमान्‌विरुद्ध बैवाहिक बलात्कारको मुद्दा हालेकी आरतीले यसअघि आरतीले जिल्ला अदालत काठमाडौंमा श्रीमान्‌ गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन । आरतीको उजुरीपछि न्यायाधीश गिरी बैवाहिक बलात्कारको मुद्दामा पक्राउ परेका थिए ।