२०८३ जेठ १४ , बिहिवार

शेयर बजार सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिएको सम्बन्धमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सन सेक्युरिटिज प्रा.लि.ले काठमाण्डौका विभिन्न कलेजका विद्यार्थीहरुलार्य शेयर बजार सम्बन्धी सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ । सन सेक्युरिटिज प्रा.लि.ले ग्लोबल कलेज र एपोलो कलेजका विविए तहका विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धी तालिम प्रदान गरेको हो ।

तालिम कार्यक्रममा ग्लोबल कलेजका विविए तहका करिब १५० र एपोलो कलेजका ५० जना विविएका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।तालिम कार्यक्रममा नेपालको शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजारको वर्तमान अवस्था, कम्पनी विश्लेषणका विधिहरु, व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा तालिम प्रदान गर्नुका साथै विद्यार्थीहरुसँग भएका शेयर बजार सँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

तालिम कार्यक्रममा सन सेक्युरिटिजका तर्फबाट सुशिल भट्टराई र सैयम बज्राचार्यले तालिम प्रदान गरेका थिएभने यसको संयोजन सन सेक्युरिटिजका सैयम बज्राचार्यले गरेका थिए ।तालिम कार्यक्रमको सम्बन्धमा बोल्दै प्रशिक्षक शुशिल भट्टराईले नियमित रुपमाप्रत्येक शुक्रबार सन सेक्युरिटिज प्रा.लि.ले आफ्नै कार्यालयमाविहान ११ बजे देखि १ बजेसम्म आधारभूत शेयर तालिमकार्यक्रम र दिउँसो २ बजे ४ बजेसम्म बेसिकप्राविधिक विश्लेषण तालिम कार्यक्रम सञ्चालन गरिने बताउनु भयो ।