
सुनाखरी न्युज / काठमाडौं ।
“एक्सेल एण्डइलिभेट” २०८०÷८१” नाराका साथ नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि. ले ३ दिने “इम्प्लोइ स्कीलइन ह्यान्समेण्ट वर्कशप”चितवनस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित विभिन्न वर्तमान पाटो बारे विवेचना गरी आगामी बर्षको लागितय भएको व्यवसायिक लक्ष्य र रणनीतिसंग प्रशिक्षित गराउने उदेश्यले कम्पनीका प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दाबढिको सहभागिता भएको उक्त तालिम कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले बीमा व्यवसायप्रतिष्पर्धात्मक र जटिलहुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नु पर्ने बताउनु भयो ।
साथैदक्षकर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिकालागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाउनु भयो ।कार्यक्रममा सहभागि कर्मचारीहरुलाई चर्चित मोटिभेसनल स्पीकरश्री मानसी अग्रवाल लेमोटिभेसनलतथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै सबै कर्मचारीहरु कमपनीको ब्राण्डएम्वेसडर रहेको र कम्पनीको प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्ने तर्फ सचेत रहन आग्रहगर्नु भयो । सो अवसरमा कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्नगर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरणगर्ने उदेश्यले विभागिय प्रमुखहरु र प्रशासनिक कर्मचारीहरु बिच अन्र्तक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।
यसैगरी, नियमनकारी निकाय श्री नेपालबीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेश प्रमुख श्री हृदयश्वर पण्डितज्यूले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गर्नुहुँदै राष्ट्रियहितकालागि आतंकवादिवित्तियलगानी रोक्नु हामी सबैको कर्तव्य भएको वताउनु भयो । विभिन्नवित्तिय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले वहाँहरुको वित्तिय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघिबढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवामिल्ने सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभयो ।
कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँचगर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा संचालन गरिएको थियो सो परिक्षाबाट प्रथम द्धित्तिय र तृत्तिय हुन सफलक्रमशः सुरक्षा सिंह, चुडामणी गौतम र खगेन्द्र श्रेष्ठलाई प्रमुखकार्यकारी अधिकृत ज्यूले नगद पुरस्कार सहित सम्मान गर्नुभएको थियो भने देशै भरीबाट उत्कृष्ट कार्य सम्पादनगर्ने ५ जनाप्रशासनिक कर्मचारीहरु महेन्द्रनगर शाखाका ओम प्रकाशपाण्डे, तुल्सीपुर शाखाकी मिना चौधरी, कलंकीशाखाका रोशनशाक्य, इटहरी शाखाकी बन्दिता ढकाल र केन्द्रिय कार्यालयका नवराज थापा मगरलाई पनि प्रमुखकार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।