२०८३ कार्तिक ९ , आइतवार

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा श्री कमल खड्का नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्री कमल खड्काज्यूलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएकोमा यस लघुवित्त वित्तीय संस्थाको मिति २०८०/०९/१९ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि नियुक्त गरेको छ ।

उक्त पदमा यस अघि सञ्चालक श्री दिनेश भारीज्यू संस्थापक समुहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट प्रतिनिधित्व गर्दै आई रहनुभएको थियो ।साथै, नव नियुक्त सञ्चालक श्री कमल खड्काज्यूले संस्थाका अध्यक्ष श्री सन्तोष कुमार राठीज्यू समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गर्नु भएको छ । बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत रहनु भएका श्री कमल खड्काज्यू एन आई सी एशिया बैंक लिमिटेडमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ ।

उहाँको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।