२०८३ श्रावण ३० , शनिवार

देशकै अग्रणी पृथ्वीयातायात अब पूर्ण रुपमा अटोमेशनमा, कार्यालय सबै डिजिटलाइज, यात्रुले अनलाइनबाट टिकट काट्न सक्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
गण्डकी प्रदेश मात्र नभएर देशकै अग्रणी यातायात संस्था मानिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. पूर्ण अटोमेशनमा गएको छ । पछिल्लो समय प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको अवस्थामा यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवादिनको लागिपृथ्वीयातायातपनि पूर्ण अटोमेशनमा गएको हो ।
अटोमेशनमा गएसँगै अब पृथ्वीयातायातका सवारी साधनबाट कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् ।

कम्पनीले नेपालको एकमात्र टिकटिङ्ग सेवाप्रदान गर्दै आएको बस सेवाडटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।अटोमेशनमागएको विषयमा पोखरामा आयोजित एक पत्रकारसम्मेलनमा पृथ्वी राजमार्ग बस सञ्चालककम्पनीप्रा.लि.काअध्यक्ष योगेन्द्र बहादुर केसीले अबदेखि यात्रुहरूले पृथ्वीयातायातका एसी, डिलक्स्, हायस लगायका सबै किसिमका गाडीको टिकट अनलाईन मार्फत काट्न सकिने बताउनुभयो । यात्रुहरूले पृथ्वीयातायातको पृथ्वी बस डटकम डट एनपी (prithivibus.com.np), पृथ्वीयातायातको मोबाईल एप्लीकेशन तथा बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशनमार्फत सहजै टिकट काट्न सकिनेछ ।

कार्यक्रममा बोल्दै पृथ्वीका अध्यक्ष केसीले भन्नुभयो ‘ अहिले नेपालका धेरै क्षेत्रमा प्रविधिको प्रयोग भएको छ र सहजता पनि ल्याएको छ । हामीपनि समय र आमयात्रुको मागअनुसार प्रविधिको प्रयोग गरेर सेवाप्रदान गर्नुपर्छ भन्ने उदेश्यले प्रविधिको आत्मसाथ गरेकाछौँ । हामीलाई विश्वास छ, यसले हाम्रो सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउनेछ , ।कार्यक्रमाउहाँले थप्नुभयो ‘ राज्य सरकारले पनिप्रविधिको प्रयोगका लागि आवश्यक नीतिनियम बनाइ प्रोत्साहन गर्न आग्रह गर्दछौँ ।

यस्तै कार्यक्रममा बससेवा डटकमका प्रमुखकार्यकारी पिआर खनालले भन्नुभयो ‘ यातायात क्षेत्रमा प्रविधिको प्रयोग गरेर यस क्षेत्रलाई थप व्यवस्थित् बनाउँदै यात्रुहरुलाई सुविधा दिनुपर्छ भन्ने हाम्राजुन संकल्पथियो र छ, आजआएर देशकै अग्रणी कंपनी पृथ्वीसँग जोडिन पाउँदाहामीअत्यन्तै खुशीभएका छौँ । हामीलाई विश्वास छ पृथ्वीसँगको यो सहकार्यले आमयात्रुले थप नयाँअनुभवका साथ यात्रा गर्न पाउनुहुनेछ र उहाँहरुलाई सहजता हुनेछ ।

बिगत ५० वर्ष भन्दा धेरै समय सेवादिँदै आएको पृथ्वीयातायातले नेपालका प्रमुख शहर काठमडौ, बुटवल, हेटौडा देखि पूर्वका काकडभित्ता देखि सुदुरपश्चिमका धनगढी गरि ३० भन्दा बढि शहरमा सेवादिँदै आएको छ । कम्पनीले ४ सय १० वटा भन्दा धेरै रुटबाटकरिब १३५० बसमार्फत सेवादिँदै आएको छ । पृृथ्वी यातायातबाट दैनिक ८ हजार भन्दा बढि यात्रुले यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग माध्यम हो । कम्पनीले नेपालका ६२ जिल्लामा आफ्नो सेवादिँदै आएको छ । दशवर्ष अगाडी स्थापना भएको कम्पनीले यातायात क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजाने प्रविधि निर्माण गर्दै आएको छ ।