२०८३ श्रावण ३० , शनिवार

हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु

Capture

सुनाखरी न्युज / काठमाडौं ।
नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले डिसेम्बर २८, २०२३ देखि ऐतिहासिक काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवासुरु गरेको छ। यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने रद्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर,ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द« हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बतीबौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ ।

नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाकाबीचमा सहजयात्राको विकल्पप्रदान गर्नेछ।पहिलो आउटबाउन्ड उडान, H9 774 ,त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८:४०बजे प्रस्थान गरेको थियो र ल्हासा गोङ्गार विमान स्थलमा स्थानीय समय अनुसार बिहानको १२:००बजे अवतरण गर्ने छ । यस उडानको अवधि १ घण्टा२०मिनेटको रहनेछ।पहिलो उडानमा कूल यात्रु संख्या१३६ रहेको थियो ।जनवरी १, २०२४ देखि एअरलाइन्स्ले हरेक सोमबार यी दुई सहरहरूकाबीचमा उडान सेवा सञ्चालन गर्ने छ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौँ सिधा उडान सेवाहुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, चोङकिङ,छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, माननीय श्री सुदान किराँती प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियो । यसका साथै चिनियाँ दूतावासका उपप्रमुख श्री वाङ जिनर अन्य विशिष्ट व्यक्तिहरूलाई हिमालय एअरलाइन्स्का अध्यक्ष, श्री झोउ एनयोङले स्वागत गर्नु भएको थियो ।सो अवसरमा आफ्नो मन्तब्य राख्दै मन्त्री किराँतीले भन्नुभयो, “हिमालय एअरलाइन्स्ले काठमाडौं– ल्हासा–काठमाडौं उडान सेवाको सुरुवात गरेकोमा अत्यन्तै हर्षित भएको छु । “यस नयाँ स्थापित मार्गले नेपाल र चीनबीचको यातायात नेटवर्कमा महत्त्वपूर्ण अग्रसर प्रस्तुत गर्दछ।

“श्री वाङ जिन, भन्नुभयो,“यो प्रथम उडान नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धहरूलाई ठूलो शक्तिदिने अवसरमा छ, जो सांस्कृतिक र संयोजन संबन्धहरूलाई थप नजिक गर्दै जाने छ।”“नयाँ सुरु गरिएको रुटले नेपाल र चीनलाई जोड्ने यातायात सञ्जालमा महत्वपूर्ण प्रगतिको रूपमा प्रतिनिधित्व गरेको छ । सारमा, यस रुटले अरनिको राजमार्गले जोडेको विद्यमान नेपाल–चीन कनेक्टिभिटीलाई अझ व्यापक रूपमाबिस्तार गर्दछ । यातायातपूर्वाधारमाभएको यो बिस्तारले पहुँचलाई बढावा दिने मात्रहोइन, यसले नेपाल र चीनबीचको व्यापार, पर्यटन र समग्र द्विपक्षीय सम्बन्धका लागि फराकिलो र थप विविध नेटवर्कमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ”

हिमालय एअरलाइन्स्का प्रवक्ता समेत रहनु भएका भाइस प्रेसिडेन्ट श्री विजयश्रेष्ठले नयाँ रुटप्रति उत्साह व्यक्त गर्दै भन्नुभयो, “ हिमालयको मुख्य उद्देश्य चीनका १० वटा विभिन्न पर्यटकीय गन्तव्यमा उडान सञ्चालन गरी १०लाख पर्यटकलाई नेपालमा स्वागत गर्नु हो । हिमालयले नेपालबाट चीनका लागि नयाँ–नयाँ रुटहरूपहिल्याउँदै उडान सेवाप्रदान गर्दै आएको छ । यस अर्थमा नयाँ बजारबिस्तार तथा स्थापित गर्न हाम्रो योगदान उल्लेखनीय रहेको छ । यस नयाँरुटको सुरुवातसँगै हिमालयले उच्चतम सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्राअनुभवहरू प्रदान गर्ने लक्ष्य लिएको छ। हाम्रो यस उडानमा यात्रुहरूलाई स्वागत गर्न सदैव तत्पर छौँ र यो उडान हाम्रा समस्त यात्रुहरूलाई नेपाल र चीनदुवै देशका विविध सौन्दर्य तथा अवसरको अन्वेषणमा सहायक सिद्घ हुने अपेक्षा राख्दछौँ । ”

यात्रुहरूले हिमालयएअरलाइन्स्को टिकटिङ काउन्टर,आधिकारिक ट्राभल पार्टनरहरू र एअरलाइन्स्को आधिकारिक वेबसाइट www.himalaya-airlines.com बाट काठमाडौं–ल्हासा–काठमाडौं उडानको टिकट बुक गर्न सक्नु हुने छ ।

हिमालय एअरलाइन्स्प्रा.लि.को बारेमा
हिमालय एअरलाइन्स् नेपाल–चीनबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स्का मुख्य दुई उद्देश्यहरू हुन् । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड(TCADIC) र यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित विमान कम्पनी हो ।

हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हालमध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । हाल हिमालयले चीनका पाँच शहरहरूमा उडान गर्दैछ सबेइजिङ, छिङदाओ, सांघाई, चोङकिङ र ल्हासा।

एअरलाइन्स्ले साउथएशियन ट्राभल अवार्डसर् (SATA) २०१७माआफ्नो सञ्चालनको पहिलो वर्षमै दक्षिण एशियामा अग्रणी नयाँ अन्तर्राष्ट्रिय एअरलाइन्स्का रूपमा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो । सन् २०२० मायसले आफ्ना स्तरीय प्राविधिकव्यवस्थापनकालागिपहिलोपटक आईएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गरेको थियो ।मानमर्मत र ईन्जिनियरिङ् सेवाहरूमा पु¥याएको उच्चव्यवस्थापन र क्षमताप्रति उक्त प्रमाणिकरण प्राप्त गरेको हो । डिसेम्बर २९, २०२१ मा एअरलाइन्स् अर्को महत्वपूर्ण आईएसओ ९००१:२०१५ प्राप्तगर्ने नेपालको पहिलो एयरलाइनबन्यो । हवाई उडानसम्बन्धी प्रशिक्षण सेवाहरू सहितयात्रुहरू र कार्गो सेवाकालागि उच्च स्तरिय सेवाप्रदान गरे बापत उक्त प्रमाणीकरण प्राप्तभएको हो । सो प्रमाणीकरणले एअरलाइन्स्को गुणस्तरप्रतिको प्रतिबद्धता र उच्चकार्यसम्पादनतथाअभ्यासप्रतिको समर्पणलाई उजागर गर्दछ ।

सन् २०२१ को सेप्टेम्बरदेखि एअरलाइन्स्ले आफ्ना जहाजहरूमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर्स (AEDs) जडान गरेको थियो । योसँगै एअरलाइन्स् (AEDs) जडान गर्ने नेपालकै पहिलो र एक मात्र नेपालीवायुसेवाकम्पनी बनेको छ । हवाइ सुरक्षामाउत्कृष्टता हासिल गर्ने उद्देश्यका साथ अन टाइम पर्फमेन्स (OTP) र मुख्यतःआफ्ना ग्राहकहरुको सेवामा एअरलाइन्स्ले आफूलाई पहिलो छनौटको भरपर्दो एअरलाइन्स्को रुपमा स्थापित गरेको छ र दक्षिण एशियाकै अग्रणी एअरलाइन्स्का रूपमा प्रतिस्थापित हुन चाहेको छ ।

ब्राण्ड विभाग
हिमालय एअरलाइन्स्प्रा. लि.
टेलिफोन : +९७७ ०१ ४४२२४५४
इमेलःbrand@himalaya-airlines.com
वेबसाइतःwww.himalaya-airlines.com
हामीलाई लाइक र फलो गरी हामी सँग फेस्बुक, ट्वीटर, इन्स्टाग्राम, यूट्यूब, टिकटक, वीच्याट र वीबो मापनि सम्पर्कमा रहन सक्नु हुन्छ ।