२०८३ श्रावण ३० , शनिवार

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं।
शौर्य सिमेन्टको आयोजना र विजयलक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिलालोक चित्रकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

मिथिला चित्रकला मधेशकशान, एहिके उजागर करब शौर्यक अभियानमूल नाराका साथ शुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्नगर्दै तिन जना विजेता र १२ जनालाई सान्तवना पुरस्कार प्रदानगर्दै सम्पन्नभएको छ ।
शौर्य सिमेन्ट का प्लान्ट हेड श्री गुरु दयाल सिंह ज्यूको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुखआतिथ्यमा सम्पन्नभएको उतmकार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोलापोखरेल, वरिष्ट साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानी सहितविभिन्न वडाका वडाध्यक्षहरुको पनि सहभागिता रहेको थियो ।

उतmप्रतियोगितामा पहिलो हुनेमा सप्तरिकि मिथिलाचित्रकार रुबी कर्ण, दोश्रो हुनेमामहोतरीकि नेहाकुमारी, तेश्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकि छिन् ।प्रतियोगितामाप्रथमहुनेलाई नगद रु ७५ हजार, दोश्रो हुनेलाई नगद रु ५० हजार र तेश्रो हुनेलाई नगद रु २५ हजार साथै बाँकि १२ जनालाई सान्तवना पुरस्कार नगद रु ११ हजार सहित सम्मान पत्रप्रदान गरिएको थियो । तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाउनु भएको थियो ।

कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुजकुमार महतज्यूले स्वागतमन्तव्य राख्नु भएको थियो साथै यस कार्यक्रमको उदघोषण संतोष लालदासले गर्नुभएको थियो । उतmप्रतियोगितामा निर्णायकको भुमिकामामिथिलाचित्रकार शयाम सुन्दर यादव, मिथिलाचित्रकार सुनैना ठाकुर र मिथिला देवी रहनु भएको थियो ।