
सुनाखरी न्युज/ काठमाडौं।
नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्रआधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकलप्रा.लि.ले आफ्नाग्राहकको मागलाई लक्षितगर्दै हेटौडामा रि–सेल मेलाको आयोजना गरेको छ ।
आजभएको एक कार्यक्रमकाबीच नेपाल ट्रक यातायातमहासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्षश्री हिरालालश्रेष्ठ, नेपालनिर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्षश्री बालगोपाल कंडेल, हेटौडा उप–महानगरपालिका प्रतिनि धिश्री विजय पुडासैनी र बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फवाट रि–सेल प्रमुखश्री परिक्षण धिमालले संयुक्त रूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गर्नुभयो ।
कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृस्ट रहेको जानकारी दिनुभयो । यस्तो मेलाले मध्यमवर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मानिर्भर हुने जानकारी वहाँले दिनुभयो । साथै चालकलाई लक्षितगरि रु २५ लाखको आकस्मिकबीमाले थपउर्जा दिने समेत बताउनु भयो। कार्यक्रमपौष ८ गते देखी १० गतेसम्म संचालनहुनेछ ।
आइशरले आफ्नाग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समय सापेक्ष ल्याउने गर्दछ। सोहिकारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ । यसअघि आइशरले आफ्नाग्राहकलाई लक्षितगर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेश इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । क्यासलेश योजनामार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमासिधै गई गाडी मर्मत वाबीमा रकमदाबी गर्न सक्नेछन् ।
क्यासलेश इन्स्योरेन्स अन्तरगतग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमागई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकमबाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकमबिमाकम्पनी र बतास एम.ए.डब्लूबीच कारोबार हुनेछ ।