२०८३ श्रावण ३० , शनिवार

‘मेलम्चीको पानी चाँडो काठमाडौँ पु¥याऔँ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
सभामुख देवराज घिमिरेले मेलम्चीको पानी चाँडोभन्दा चाँडो काठमाडौँ पु¥याउन आग्रह गर्नुभएको छ । मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु–१ अम्बाथानको आज निरीक्षण गर्नुहुँदै उहाँले सक्दो चाँडो काठमाडौँका बासिन्दालाई पानी खुवाउनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गर्नुभयो । मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उहाँले यसबारे सम्बन्धित निकायबाट जानकारी लिनुभएको हो ।

सो अवसरमा मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनीयर पदमबहादुर कुँवरले मेलम्चीमा हाल भइरहेको कामका बारेमा सभामुख घिमिरेलाई जानकारी गराउनुभएको थियो । उहाँका साथमा पूर्वमन्त्री शेरबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमन्त्री सरेस नेपाललगायत रहनुभएको थियो ।   रासस