२०८३ श्रावण २९ , शुक्रवार

बाल्टिनमा डुबेर बालिकाको मृत्यु

Death-body-900px

सुनाखरी न्युज/ काठमाडौं ।
गोकर्णेश्वनर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरी सुमित्रा बडुवालको बाल्टिनको पानीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।