२०८३ श्रावण २९ , शुक्रवार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
कपिलवस्तु नगरपालिका-१ कालिका टोलस्थित सोही ठाउँ डेरा गरी बस्ने राजेश उपाध्यको सेनिटरी प्याडको गोदाममा ईन्भटरको तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ३ लाख ३२ हजार रूपैयाँ बराबरको प्याड जलेर नष्ट भएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-११ टेम्पु चोकस्थित राज अटो पार्टस पसलमा आइतबार साँझ आगलागी हुँदा उक्त आगो फैलिएर नजिकै रहेको ४ वटा घरहरु पूर्ण रूपमा र ५ वटा घर आंशिक रुपमा जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

रूपन्देही, सैनामैना नगरपालिका-८ बासँगढीस्थित सिटिजन बैंकको गोदाममा तार सर्ट भई गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै

 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।