२०८२ फाल्गुन ३० , शनिवार

नेपाली कांग्रेसको अभिवादन, गौरब , प्रतिबद्धता र प्रण

Capture

किरण गिरी ।

१. नेपाली कांग्रेस देशभित्र र संसार भरी फैलिएर रहनुभएका सम्पुर्ण नेपाली आमाबुबा , दिदिबहिनी तथा दाजुभाइहरुको लोकतन्त्र प्रतिको निष्ठा , समर्पण र संघर्ष हार्दिकता पुर्बक अभिनन्दन गर्दै ” जय नेपाल ” को न्यानो अभिवादन गर्दछ ।
जय नेपाल ।

२. गौरब -नेपाली कांग्रेस आफ्नो नेतृत्वमा भएको -२००७ सालको क्रान्ति , २०४६ साल र २०६२/६३ सालका ऐतिहासिक जनआन्दोलन ,नेपालको शान्ति प्रक्रिया , संबिधान सभा को निर्वाचन ,गणतन्त्र स्थापना ,संबिधान सभा बाट संबिधान निर्माण र त्यस पछि तिनै तहको निर्वाचन सम्पन्न गरी नेपाल को राजनीति लाई नयाँ गति प्रदान गर्न नेपाली कांग्रेस पार्टी ले खेलेको युगान्तकारी र समन्वयात्मक भुमिका स्मरण गर्दै संबिधान निर्माण को त्यो ऐतिहासिक क्षण प्रती गौरब गर्दछ ।

३. प्रतिबद्धता – नेपाली कांग्रेस बिगतमा सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षको भुमिकामा जानिजानी भएका त्रुटि र कमजोरी हरु प्रती सार्बभौमसत्ता सम्पन्न जनता समक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर अब आइन्दा त्यस्ता कमि कमजोरीहरु पुन: दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछ ।

४. प्रण – नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्र को सिमा र मर्यादा भित्र रहेर ” बिबिधता बिचको एकता , आम नेपाली को सच्चा राष्ट्रियता ” भन्ने मान्यताका साथ संबिधान कार्यान्वयन गर्दै ” समुन्नत नेपाल र सम्मानित नेपाली ” को आफ्नो धेयलाइ पूरा गरि छाड्ने प्रण गर्दछ ।

किरण गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।