२०८३ जेठ १ , शुक्रवार

परराष्ट्र निमित्त सचिवको जिम्मेवारी लम्साललाई, पौड्यालको अवकाश

Sewa-lamsal-

सुनाखरी न्युज/ काठमाडौं ।

परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साललाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ । सचिव भरतराज पौड्यालले अवकाश लिए सँगै लम्साललाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको हो ।

पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भइसकेका छन् । सम्बन्धित मुलुकबाट उनको एग्रिमो आएपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्नेछन् ।

 

कायममुकायम सचिवको जिम्मेवारी पाएकी सहसचिव लम्साल अब सचिवको जिम्मेवारीमा जाने सम्भावना छ । त्यसका लागि लोक सेवा आयोगले केही दिनभित्रमा सचिव नियुक्ति प्रक्रिया पूरा गर्ने र त्यसपछि मन्त्रिपरिषद्ले नियुक्त गर्ने छ ।