
शिशिर / पोखरा । सामुदायिक वन आन्दोलनका अभियन्ता पान बहादुर सुनारको निधन भएको छ।
पोखरा महानगरपालिका वडा नं १९ घार्मी निवासी सुनारको ८० वर्षको उमेरमा गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा शुक्रवार दिउसो निधन भएको हो । लामो समयदेखि उच्च रक्तचापका विरामी सुनार साविकको लामाचौर गाविस वडा नं ८ घार्मीमा वि.सं. २००० सालमा जन्मिएका थिए। वि.सं २०५२/०५३ सालतिर घार्मीमा भएको सामुदायिक वन प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका सुनाएको शनिबार स्थानीय सेती घाटमा हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ। स्वर्गीय सुनाएको पार्थिव शरीरमा जेठा छोरा नारायण सुनारले दागबत्ती दिएका थिए।
त्यसअघि सुनाएको पार्थिव शरीरमा पुर्व मन्त्रि जगत बहादुर सुनार, एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडी, अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष विष्णुबहादुर केसी, मुक्ति समाजका केन्द्रीय सदस्य रमेश विश्वकर्मा लगायतका स्थानिय बासिन्दाले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए। स्वर्गीय सुनारका श्रीमती, २ छोरा नारायण र राजु तथा १ छोरी रत्ना हुनुहुन्छ।