२०८३ श्रावण २८ , बिहिवार

कैलाली प्रहरी तस्करीलाइ जरैदेखि उख्लने प्रयासमा

Capture

प्रदिप न्यौपाने/ धनगढी । कैलाली प्रहरीलाई फेरि सफलता मिलेको छ। धनगढीमा मोवाइल ग्यालरीले तस्करी गर्ने गरेको थाहा पाएपछी लाल बा चन्दको टोलीले मोबाइल ग्यालरी नियन्त्रणमा लिएको थियो।

तष्करीमा ब्यापारीनै संलग्न रहेको खुलेको छ।धनगढी ट्राफिक चोकमा रहेको स्टार मोबाईल ग्यलेरीका संचालकले आफै भन्सार छली गरेको पुष्टि भएको छ। सिमा नाकामा सशस्त्रा प्रहरी ,भन्सार कर्मचारीहरुको आर्थिक चलखेलका कारण राजास्व चुहावट हुने गरेको देखिएको छ जसको कारण सिमामा हुने तस्करी अझै रोकिएको छैन । यता नेपाल प्रहरी आफुले पाएको जिम्मेवारीबाट पछी नहटि काम गरेको र तस्करीलाई कुनै हालतमा उम्कन नदिने बताएका छ्न। भारतसँग सीमा जोडिएका अधिकांश बीओपीहरु सेटिङमा तस्करले अवैध सामान तस्करी गर्दै आएको आरोप सशस्त्र प्रहरी बलमाथि छ ।

सीमाक्षेत्रमा हुने अवैध तस्करी रोकथामको पहिलो जिम्मेवार निकाय सशस्त्र प्रहरी नै हो । तर, अनुगमनका क्रममा उनीहरूले नै प्रभावकारी काम गरेको देखिएको छैन । उनीहरूकै कारण तस्करी बढेकाे देखिन्छ ।’धनगढीमा तस्कर भन्सार छलेर सामान भित्र्याउन छाड्दैन, नेपाल प्रहरी तस्करीको सामान बरामद गर्न पछि हटेको छैन केही समय अधि ठूला ठुला तस्करी नेपाल प्रहरीकै हातमा परेका थिए ।