२०८३ श्रावण २८ , बिहिवार

राससका प्रमुख लेखाअधिकृत अधिकारीलाई पितृ शोक

Capture

सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) का प्रमुख लेखाअधिकृत रुद्रमणि अधिकारीलाई पितृ शोक परेको छ । उहाँका बुबा छत्रराज अधिकारी ८४ वर्षको उमेरमा आज निधन भएको हो ।

उच्च रक्तचाप र दमबाट पीडित अधिकारीको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको परिवारले जानकारी दिएको छ । अधिकारीलाई स्वास्थ्य समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल लगिएको थियो । स्व अधिकारीका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।रासस