२०८३ श्रावण २८ , बिहिवार

अमेरिकी राष्ट्रपति बाइडेन र चिनिया राष्ट्रपति सि जिनपिङ भेटबार्ता र नेपाल 

kiran giri

किरण गिरी । अमेरिका- चीन दुइ पक्षिय सम्बन्ध विश्वको सर्वाधिक संवेदनशील सम्बन्ध हो । यसको प्रभाव चीनसंग सिमा जोडिएको नेपाल जस्तो देशमा त झनै पर्ने नै भयों । सन १९८५ मा पहिलो पटक अमेरिका भम्रण गरेका सी जिङपिन अहिले चीनको शक्तिशाली राष्ट्रपतिका रुपमा अमेरिकी राष्ट्रपति बाइडेनसंग वार्ता गरेका छन

प्राप्त समाचार अनुसार यो शिखर वार्ताले चिन र अमेरिकाबिच तनाव कम गर्न केही सफलता पाउने बिश्वास गरिएको छ । बिश्वका महान दुई शक्ति राष्ट्र प्रमुख भएको यो बार्ता बिश्वभर चासो को बिषय हो नै चीनसंग लामो सिमा जोडिएको र गहिरो अन्तरनिर्भरताको सम्बन्ध रहेको र अमेरिकासंग पनि व्यापक सम्बन्ध भएको नेपाल जस्ता देशका लागी पनि अत्यन्तै चासो र सकारात्मक कुरा हो ।
तर पत्रकार सम्मेलनमा सीएनएनकी पत्रकार एमजे लीले सोधेको – ‘के तपाईं अझै पनि चिनियाँ राष्ट्रपति सीलाई तानाशाह भन्नुहुन्छ’ भन्ने प्रश्नमा बाइडेनले भनेका छन्, ‘हेर्नुस्, उनी हुन । मैले यस अर्थमा उनलाई तानाशाह भनेको हुँ कि, उनी यस्तो देशको सत्ता चलाउँछन् कि जुन कम्युनिस्ट देश हो । जहाँको सरकारको स्वरूप हाम्रोभन्दा पूर्ण रूपले फरक छ ।’ बाइडेनको पछिल्लो अभिव्यक्तिले बेइजिङ रिसाउन सक्ने सीएनएनका ह्वाइट हाउस प्रोड्युसर डोनाल्ड जडले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

Open photo

अनि अमेरिका-चीन तनाव शैथिल्यले गर्दा नेपालमा पनि MCC र BRI को नाममा रातोदिन भिड़ने जमातलाई पनि हल्का राहत ब्रेक टाइम मिल्ने नै छ । एउटा पुरानो भनाई छ- ‘काठमाण्डौ खाल्डोमा केही मान्छे आफुलाई ज्यादै भक्त बनाउदै – अमेरिकी सरकारभन्दा पनि धेरै बढी अमेरिकावादी, चिनभन्दा बढ़ी चिनवादी र भारत सरकारभन्दा बढ़ी भारतवादी र भारत परस्त भएको नाटक देखाउदै स्वर्थ पूरा गर्न खोज्छन ।

किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।