२०८३ श्रावण २७ , बुधवार

पिडित लाई सान्त्वना र संकटमा पहरा दिदै उपप्रधानमन्त्री पूर्ण बहादूर खडका

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेस पाटीका सूचना,संचार तथा प्रचार बिभाग केन्द्रय सदस्य अशोक नाथ योगीका अनुसार बिनाशकारी महाभुकम्पका बेला नेपाल सरकारका उपप्रधानमन्त्री एबं रक्षा मन्त्री तथा नेपाली कांग्रेस पाटीका केन्द्रिय उपसभापति पूर्ण बहादूर खड्काले पिडामा पिडितहरुलाई भरोशा जगाउदै जिम्मेवार अभिभाबकत्व निर्बाह गर्नु भै कुशल ब्यबस्थापक र समन्वयकर्ताको जिम्मेवारी बहन गरेर आशा र भरोशा दिलाएको बताउनु भएको छ ।

 

गएकोशुक्रबार राति जाजरकोटमा केन्द्रविन्दू बनाएर भुकम्प जाँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का गृह जिल्ला मा पश्चिम सुर्खेतको बड्डीचौरमा तय गरिएको कार्यक्रममा सहभागी हुन आउनु भएको हो । बिनाशकारी भुकम्प लगत्तै निरर्धारत कार्यक्रम स्थगित गरेर पीडितहरुको उद्दार र राहतमा रक्षामन्त्री पनि भएकाले नेपाली सेनाको सम्पूर्ण स्रोत र साधनलाई उद्धारमा र राहतमा केन्द्रीत गर्न सहज भयो ।नेपाली सेनाका पाँच हेलिकप्टर, स्काई ट्रकसहित नेपाल एयर लाइन्सका जहाजले एकै दिनमा घाइतेहरुको उद्दार गरेर जिल्ला अस्पतालहरु,सुर्खेत,नेपालगञ्ज र काठमाडौंसम्म पुगाए ।सुर्खेत विमानस्थललाई आधार बनाएर उपप्रधानमन्त्री खड्काले संघीय सरकारको कमाण्ड सम्हाल्नु भयो।

 

भुकम्प गएलगत्तै उपप्रधानमन्त्रीज्यूले सुरक्षा निकाय र सम्वन्धीत जिल्लाका प्रशासन प्रमुखहरुलाई फोनमार्फत तत्काल खोज तथा उद्दारका लागि लाग्न निर्देशन दिनु भएको थियो,’उनका स्वकीय गौतम विसीले भने,‘शनिबार विहानैदेखि सुर्खेत विमानस्थललाई आधार बनाएर उहाँ घाइतेहरुको उद्दारमा खटिनु भयो।’भुकम्पको इपिसेन्टर जाजरकोटबाट केही टाढा रहेको सुर्खेतमा रहेकाले पनि उपप्रधानमन्त्री खड्कालाई उद्दारमा समन्वय गर्न सहज भयो। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र कर्णाली प्रदेशका पुर्ब मूख्यमन्त्री एबं नेपाली कांग्रेसका प्रदेश संसदिय दलका नेता समेत रहेका नेपाली कांग्रे केन्द्रय कार्य सम्पादन समितिका सदस्य माननिय जीबन बहादूर शाहीले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले संघीय सरकारकातर्फबाट भुकम्प पीडितहरुको उद्दार,राहत र पुनस्थापनाको कमाण्ड हामी लाई संगसंगै लिएर सम्हाल्दा आफूहरुलाई सहज भएको बताउनु भएको छ ।

‘रक्षामन्त्री भएकाले तत्कालै सेनाका हेलिकप्टरहरु कर्णाली केन्द्र भए,’जीबन शाहीले भन्नु भयो,‘एकै दिनमा सम्पूर्ण घाइतेहरुको उद्दार गरेर अस्पतालसम्म पु¥याउनु सबैभन्दा ठूलो कुरा हो।सामाजिक अभियन्ता लोकतान्त्रिक ग्रैह्र सरकारी संस्था महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष समेत रहेका सादा नेपाल संस्थाका कार्यकारी निर्देशक अशोक नाथ योगीले विपद्मा कर्णालीको राजनीतिक एकता देखिएको बताउदै जीबनमा पहिलो पटक केन्द्रमा कर्णालीको पहुँच रहेको महसुस भएको बताउनु भयो े सबै सरोकारवालालाई सहयोग गर्र्न अपिल गरेका योगीले‘भुकम्पले कर्णालीलाई ठूलो चोट दिएको बताउनु भयो,यसमा तीनै तहका सरकारसँगै सबै राजनीतिक दलहरुको असाधारण एकता देखिन्छ,’‘यहीँ एकता र ताकतको बलमा राहत र पुनस्थापनाको काम पनि चाँडै सम्पन्न गर्नु पर्छ ।

उपप्रधानमन्त्री खड्काको नेतृत्वमाउर्जामन्त्री शक्ति बस्नेत,मुख्यमन्त्री शर्मा, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही लगायतले भुकम्प प्रभावित क्षेत्रमा राहत ब्यबस्थापन र अनुगमनमा गएर यथासिघ्र उद्धार र राहतमा जुट्न स्थानीयसँग छलफल गरिएको थियो निश्पक्ष गर्न समयमा राहत बिरण गर्न राहत वितरणमा राजनीति नघुसाउन सबै नेताहरुले स्थानीय कार्यकर्ताहरुलाई आग्रह गरेका छन । भुकम्पको इपिसेन्टर बारेकोटको रामीडाँडा पुगेका उपप्रधानमन्त्री खड्काले भुकम्पलगत्तै एक दिन उद्दारमा लाग्नु परेकाले राहत आइपुग्न केही ढिला भएको बताउनु भएको छ ।मित्र राष्ट भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका भाजपाका प्रभाबशाली नेता उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले सहयोग गर्ने बचन दिए अनुरुप लगत्तै नेपालमा राहत सामाग्री ल्याएर उपप्रधानमन्त्री खड्कालाई हस्तान्तरण गरिएको थियो ।सहयोगी मित्र राष्ट र सम्पुर्ण सहयोगी निकाय लाई आभार सहित धन्यबाद दिदै संकटमा हातेमालो गरेर सहयोग गर्न सबैलाई उपप्रधानमन्त्री पूर्ण बहादूर खड्काले अनुरोध गर्नु भएको छ ।

‘आवश्यक राहतका सामाग्रीहरु प्रभावित क्षेत्रका पालिकाहरुमा पुगेका छन्, पालिकालाई वडामार्फत वितरणको व्यवस्था मिलाउन भनेका छौं,’उपप्रधानमन्त्री खड्काले ‘पालिकामा क्रियाशिल राजनीतिक दलहरुलाई साथमै लिएर राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउनुहोला,यस्तो संकटको बेला राहतमा राजनीति नगरिदिनुहोला भन्नु भएको छ । कर्णालीलाई भुकम्पले दिएको पीडामा संघीय सरकारले मात्रै नभइ अन्य प्रदेश सरकार र स्थानिय सरकारहरूले पनि सहयोग गरेका छन्। भूकम्पको उद्दारमा भूकम्पको धक्का गएको एकैछिनमा स्थानीय सरकारका जनप्रतिनिधि र सुरक्षा निकाय खटिएका थिए। रातभर स्थानीय सरकारका जनप्रतिनिधिले घाइतेलाई उपचारका लागि अस्पताल लानेदेखि भत्किएका घरका भग्नावशेषमा पुरिएकालाई बाहिर निकाल्नेसम्मका काम गरेका थिए।

भर्खरै सुतेर मध्य निद्रामा पुगेका बेला गएको भूकम्पले ठूलो मानवीय क्षति भएको थियो। त्यस्तो अवस्थामा पनि तत्काल उद्दारमा खटिनका लागि घरआंगनको को सरकार भनिएको स्थानीय तहले भूमिका खेल्यो भने संघीय सरकार र प्रदेश सरकारले पनि राहतलगायत आर्थिक सहयोगका लागि त तत्कालएक्सन लिएका थिए। सम्माननिय राष्टपति र सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाल त्यहाँको अवस्था बुझेर काठमाडौं फर्किएर राहत कार्यक्रम घोषणा गर्नेदेखि थप राहत जुटाउनमा लागेका थिए। उपप्रधानमन्त्री खड्का भने जाजरकोट र रुकुम पश्चिमका भुकम्पले घर भत्किई बारीमा पुगेकाहरूलाई कसरी छानो दिन सकिन्छ भन्नेदेखि मृत्यु भएकाको मलामीसम्म पुगेर अभिभाबकत्व बहन गर्नु भएको छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र बिश्वप्रकाश शर्मा सहितको उपस्थितिमा उपप्रधानमन्त्री एबं नेपाली कांग्रेसका उपसभापती पुर्ण बहादुर खड्का र प्रदेश कार्य समिति संग छलफल गरि भुकम्प प्रभाबित क्षेत्रमा खटिनु भएको छ ।ज्यान मात्रै गएन घर मात्रै ढलेनन हरेकका मनहरु छिन्न भिन्न भएका छन । बिँिक्षप्त मस्तिष्क, पिडाले भारी मन,अनि गह भरि आँशु लिएर निरन्तर ५ दिन सम्म खटिनु कम चुनौती थिएन संकटका सारथी बनेका उपप्रधानमन्त्री खड्काले ब्कुशल यबस्थापन जिम्मेवार अभिभाबकत्व बहन गर्न भै थप भरोशा दिलाउनु भएको योगीले थप्नु भएको छ ।