२०८२ फाल्गुन २४ , आइतवार

टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले काठमाडौँको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरुलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ ।

करिब ११,८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घधाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिले गर्नुभएको हो । नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ ।

यस वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ । यस्तै विशेषतः विद्युतीय गाडीको (इभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरुको व्यवस्था गरिएको छ । यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ्ग स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ्ग स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत बाह्रवटा “बे हरु” रहेका छन् ।

 

उक्त समुद्घघाटन समारोहमा बोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिल भन्नभुयो, “ पछिल्लो समय नेपालमा टाटा मोर्टसको पेसेन्जर गाडीहरु ग्राहकहरुको नम्बर १ रोजाईमा पर्न सफल भएका छन् । जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो । टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ हाम्रो आशा रहेको छ। “उक्त सर्भिस सेन्टरको जानकारी गराउनु हुँदै सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्नुभयो “हामी सदैव ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिवद्ध छौ ।

 

यही प्रतिवद्धता स्वरुप सिप्रदीले दक्ष जनशक्ति एवं अत्याधुनिक नयाँ वर्कशप सञ्चालनमा ल्याइएको हो ।”टाटाका ग्राहकवर्गले यस वर्कशपमा अटोप्लस बीमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ–वाशिङ जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।