२०८३ श्रावण २७ , बुधवार

पूर्वराष्ट्रपति डा। यादवद्वारा धनजनको क्षतिप्रति दुःख व्यक्त

Rambaran-Yadav-1-768×4692023-11-04-01-10-43_1000x611_50

सुनाखरी न्युज /  काठमाडौं ।

पूर्वराष्ट्रपति डा रामवरण यादवले रुकुम पश्चिम र जाजरकोटामा गए राति गएको भूकम्पबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

 

पूर्वराष्ट्रपति यादवले राज्यका सबै निकाय तदारुकताकासाथ परिचालित भई पीडित परिवारको तत्काल उद्धार र राहत कार्यलाई प्रभावकारी तुल्याउन सबै तह र तप्कालाई सुझाव दिनुभयो ।

 

भूकम्पमा परी निधन भएका प्रति श्रद्धान्जली व्यक्ति गर्दै पूर्वराष्ट्रपति डा यादवले शोकसन्तप्त परीवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । घाइतेको तत्काल प्रभावकारी र शीघ्र उपचारका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । रासस