२०८३ जेठ २ , शनिवार

स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्र प्रस्थान

Prachanda-3

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।

नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

 

प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।

धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।

 

जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर राति पौने १२ बजे गएको भूकम्पले नलगाड नगरपालिका, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।