२०८३ जेठ २ , शनिवार

गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्प पुगेका असईको फर्किदा मृत्यु

Tikaram-Dhungana-1698819787

सुनाखरी न्युज /  काठमाडौं ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक ( असई) टिकाराम ढुंगानाको मृत्यु भएको छ ।   उनको लेक लागेर मृत्यु भएको बताइएको छ । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका थिए ।

 

गुटेरेस हेलिकोप्टरमा फर्किएपछि ढुंगाना, गाउँपालिका अध्यक्ष विष्णु केसीलगायत हिँडेर फर्किँदै थिए ।  हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।

 

तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पर्वत निवासी ढुंगाना घान्द्रुकमा कार्यरत रहेका थापाले जानकारी दिए ।