२०८३ जेठ २ , शनिवार

जेष्ठ नागरिक सम्मानित

old

सुनाखरी न्युज /  काठमाडौं।

गोदावरी नगरपालिकामा ४८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। जीवनेश्वर मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा नगरप्रमुख मर्हजनले उनले जेष्ठ नागरिकको हक अधिकार र जेष्ठ नागरिकको सम्मानमा सकेको सहयोग गर्ने वचन दिए। नगरपालिकाकी उपप्रमुख मुना अधिकारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्।

 

कार्यक्रममा गुठी परिवारभित्र एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने कृतिका न्यौपानेसहित अन्य उत्कृष्ट नतिजा ल्याउने सिम्रिका न्यौपाने, सौगात न्यौपाने, सुदीति न्यौपाने र पुकार न्यौपानेलाई पनि सम्मान गरिएको छ। गोदावरी–१० को न्यौपाने तथा लुइँटेल कल्याणकारी गुठीको आयोजनामा गुठी परिवारभित्रका जेष्ठ नागरिकलाई नगर प्रमुख गजेन्द्र मर्हजनले आइतबार सम्मान गरेका हुन्।

 

यस्तै, गुठीका लागि योगदान दिएका स्व। पण्डित विष्णुप्रसाद उपाध्यायलाई मरणोपरान्त सम्मान दिइएको छ। त्यसैगरी सुरुवाती दिनदेखि समग्र विकासमा विशेष योगदान दिने बालप्रसाद न्यौपानेलाई पनि सम्मान गरिएको छ।