सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो साढे १२ बजेतिर डा। खड्कामाथि कुटपिट भएपछि कलेजसँग आबद्ध इन्टर्न, मेडिकल अफिसर, आवासीय चिकित्सक तथा सम्पूर्ण मेडिकल विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
उक्त अस्पतालका डा। मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भई हाल सिनामङगल बस्ने ३४ सरोज गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।मिर्गौला विभागको ओपीडीमा जाँचका लागि अस्पताल पुगेका बिरामीका आफन्तले डा। खड्कामाथि आक्रमण गरेको अस्पतालका प्रबन्ध निर्देशक नारायण दाहालले बताए ।
‘बिरामी हामीकहाँ भर्ना हुनुभएको होइन । जाँचका लागि नेफ्रोलोजीको ओपीडीमा आउनुभएको हो,’ उनले भने, ‘आज अस्पतालमा धेरै भिड हुने भएका कारण डाक्टर साुबले यहाँ भिड बढी भयो, बाहिर जानुस् भनेपछि उहाँमाथि आक्रमण भएछ ।’ त्यस्तै, अस्पतालले चिकित्सकहरूले गरिरहेको आन्दोलमा ऐक्यबद्धता जनाइदिन नेपाल चिकित्सक संघलाई पत्रसमेत पठाइएको दाहालले बताए ।