२०८३ श्रावण २५ , सोमवार

बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार

Capture

उजाड/ पोखरा। मिनासिर्जनशील समावेशीपत्रकारिता पुरस्कारबाट पत्रकारद्वयबिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ सम्मानगरिने भएको छ ।

गण्डकी प्रदेशकापूर्व सांसद, उद्यमीतथा समाजसेवीमिना गुरुङले स्थापना गरी नेपालपत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट पत्रकार बिनु र तारा सम्मानितहुनलागेकाहुन् । छनोट समितिले सिफारिस गरेको नाममहासंघ कास्कीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको सचिवमाधव बरालले जानकारी दिए ।संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले उक्त पुरस्कार २०७९ कालागिबिनु र २०८० कालागिताराको नामसिफारिस गरेको हो ।

 

उक्त पुरस्कारको राशीनगद २० हजार १ सय ११ रुपैयाँरहेको छ । असोज १२ गते एक कार्यक्रमआयोजना गरी पुरस्कार अर्पण गरिनेसचिव बरालले जानकारी दिए । सम्मानितहुनलागेकापत्रकार बिनु हालपोखरा टेलिभिजनमा कार्यरत छिन् । २०६८ सालमा गण्डकी टिभीमा मगर भाषाको समाचार बाचिकाबाट पत्रकारिता सुरु गरेकीबिनुले कान्तिपुर दैनिक, फेवा टेलिभिजन र गोर्खाली रेडियोमा पनि काम गरिसकेकी छिन् । हालउनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कास्कीशाखाकीउपाध्यक्ष र नेपाल मगर पत्रकार संघ कास्कीकीअध्यक्ष छिन् । यस्तै पत्रकार तारापौडेलले२०६८ सालमा यूनाइटेड राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेकीहुन् । उनीहाल सिटी पोखरा डटकमको सञ्चालक÷सम्पादकभएर कामगरिरहेकी छिन् ।

यसभन्दा अघि उनले रेडियो नेपाल, रेडियो सफलता, रेडियो जननी,विगएफएम, रेडियो आकाशवाणी, ईसांग्रिला डटकम, टप नेपालन्यूज डटकममा कामगरिसकेकी छिन् । उनले नेपालवातावरण पत्रकार समूहद्धारा सञ्चालित टेलिभिजन मार्फत प्रसारित भएको कार्यक्रमनयाँ पुस्तामा पनि काम गरेकी थिइन् । नेपालपत्रकार महासंघको गण्डकी प्रदेश परिषद सदस्य तारा प्रेस चौतारी नेपाल कास्कीकी उपाध्यक्ष हुन् ।