२०८३ श्रावण २५ , सोमवार

विन्ध्यवासिनी क्याम्पसको दशौं साधारण सभा सम्पन्न, आजिवन सदस्य र अक्षयकोषदाता सम्मनित

Capture

शिशिर उजाड/ पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले नैतिक शिक्षा र आचरणले मानिसलाई जिम्वेवार बनाउने बताउनुभएको छ।

No description available.

पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पसको दशौं साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले सिकेकाे शिक्षा र सिपलाई व्यवहारमा उतार्न सके मात्र जिवन सफल बन्ने बताउँदै व्यवहारिक शिक्षामा जोड दिनुभएको छ।
उहाँले पछिल्लो समयमा शैक्षिक संस्था संचालनमा कठिनाई देखिने गरेको बताउदै, क्याम्पसको संचालन तथा संरक्षणका लागि स्थानीय समुदाय नै जागरुक हुनुपर्ने बताउनु भयाे। संघीय सासंद विद्या भट्टराईले क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउँदै विभिन्न निकायसँग समन्वय गर्ने बताउनुभयो।

No description available.

क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका पुर्व मन्त्री कुमार खड्का, नेपाल पब्लिक क्याम्पस संघका प्रदेश अध्यक्ष ऋषिराम बुढाथोकी, पोखरा १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना, नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य, संस्थापक क्याम्पस प्रमुख नरहरि भट्टराई, प्राध्यापक डा टंकनाथ तिमिल्सिना लगायतले दक्ष जनशक्ति उत्पादन गर्न क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरेको बताउदै क्याम्पसको प्रशंसा गरेका थिए।

कार्यक्रममा क्याम्पसका उत्कृष्ट विद्यार्थी सरस्वती विक, तिलक आर्चाय, शर्मिला बास्तोलालाई सम्मान गरिएको छ।
त्यस्तै ३५ जना अक्षयकोष दाता र ६९ जना आजिवन सदस्यलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङ, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, पुर्व मन्त्री कुमार खड्का, क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँले सम्मान गर्नुभयो। क्याम्पस प्रमुख विजय शर्माले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसको चौतर्फी विकासका लागि सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले क्याम्पसको आगामी कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो।

No description available.

क्याम्पसले सोहि कार्यक्रममा संरक्षक संस्था विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई देशभरका सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल भएकाे भन्दै सम्मान गर्यो। प्रमुख अतिथि गुरूङ र सासंद विद्या भट्टराईले विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई सम्मानपत्र प्रदान गर्नुभयो।

No description available.

विन्ध्यवासिनी माविका प्रअ कृष्ण प्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रममको संचालन क्याम्पसका कर्मचारी भिमबहादुर गायकले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीले संस्कृति झल्किने गित तथा नृत्य प्रस्तुत गरेका थिए।
तस्विर: अग्नि तिमिल्सिना/पोखरा