
शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ।
नेपाली नारीको महान पर्व हरितालिका तीजका अवसरमा आयोजना गरिएको प्रतियोगितामा कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए।कक्षा ४ देखि ८ सम्मको प्रतिस्पर्धामा युनिसा गायकको समुह प्रथम,कामना तिवारीको समुह द्वितीय,शरद भट्टराईको समुह तृतीय र युनिकाको समुहले सान्त्वना स्थान प्राप्त गरेका छन्। त्यस्तै कक्षा ८ देखि १२ को प्रतिस्पर्धामा करिनाको समुह प्रथम, पुर्णिमा भट्टराईको समुह द्वितीय,रेणुकाको समुह तृतीय र तेज कुमारी साउदको समुह सान्त्वना भएको निर्णायक समितिका महेन्द्रमणि पौडेलले जानकारी दिनुभयो।
विजयी समुहलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले तिज पर्व नेपाली नारीको मौलिक र संस्कृतिक पर्व भएकाले यसको जगेर्ना गर्नुपर्ने बताउनुभयो । सहभागि समुहको शिक्षक महेन्द्रमणि पौडेल, ईन्दु भट्टराई र तारा अधिकारीले मुल्यांकन गर्नुभएको थियो। कार्यक्रमको सन्चालन शिक्षक दुर्गा सापकोटाले गर्नुभएको थियो। सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो वन्न सफल उक्त विद्यालयलाई तिजको अवसरमा हिमालय क्लवले सम्मान समेत गर्ने बताईएको छ।